कृषक बन्धु योजनामा मृतक कृषक परिवारलाई आर्थिक सहयोग 

Share this news

दार्जीलिङ, 5 फरवरी(निसं): दार्जीलिङ-पुल बजार खण्ड अन्तर्गत मृतक कृषकहरुको 22 परिवारहरुलाई  दुई-दुई लाख रुपियाँको चेक प्रदान गरियो।
यो रूपियाँ 18 वर्ष देखि 60 वर्षको उमेरमा निधन हुने कृषकको परिवारहरुलाई कृषक बन्धु प्रकल्प योजना अन्तर्गत प्रदान गरिएको कृषि एवम् भूमि सुधार विभागीय सभासद सतिश पोखरेलले जानकारी दिए। मृतक कृषकहरुको परिवारहरूको आर्थिक सहयोग विद्यार्थी नानीहरूलाई पढाइको क्षेत्रमा प्रोत्साहन अनि सहयोग पुगोस् भन्ने ध्येयले प्रदान गरिएको उनले बताए। यो योजना भारतको पश्चिम बंगाल राज्य भित्र
मात्र कृषक परिवारहरुको हितको निम्ति रहेको पनि उनले जनाए भने एक एकार जमीन हुने कृषकहरुलाई
वर्षमा दुई किस्ती गरेर वर विजन किन्ने साथै खेतीपाती गर्नको निम्ति पाँच – पाँच हजार रुपियाँ गरी जम्मा दश हजार रुपियाँ कृषक बन्धु योजना अन्तर्गत वार्षिक रूपमा प्रदान गर्दै आइरहेको पनि उनले अवगत गराए। कृषक परिवारमाहरुको हित र कल्याणको निम्ति राज्यका मुख्यमंत्री ममता बनर्जीले यो योजना लागु गरेको सभासद पोखरेलले बताए। यस बाहेक पनि कृषकहरुको उन्नतिको निम्ति अहिले खेतीपाती सहज रुपमा गर्नको निम्ति वर विजन देखि लिएर घाँस काट्ने, खेत जोत्ने मशिन,पानीको पाइप,ट्याङ्की इत्यादि कृषि विभागले अस्सी प्रतिशत सबसिटी मा दिँदै आइरहेको पनि उनले जनाए। यसको निम्ति कृषि कार्यालय आएर सम्पर्क राख्ने उनले सुझाव दिए। यसदिन कृषि विभागीय अधिकारी अनि मृतक कृषकहरुको परिवारहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ