आसाम गोर्खा सम्मेलनका नेताहरूमाथि नदुवार क्षेत्रमा प्राणघातक हमला

Share this news

असमको शोणितपुर जिल्ला अन्तर्गत पर्ने नदुवार क्षेत्रमा बिहीबार एक अत्यन्त गम्भीर घटना सार्वजनिक भएको छ। असम गोर्खा सम्मेलन सोनितपुर जिल्ला समितिका सभापति गोकुल बस्नेत, कार्यकारी अध्यक्ष दधीराम शर्मा, महासचिव भुवन शर्मा तथा सचिव श्याम छेत्री सवार गाडीमाथि अज्ञात दुर्वृत समूहले प्राणघातक आक्रमण गरेको हो।

प्राप्त विवरणअनुसार करिब १०० जनाको उग्र भीडले राष्ट्रिय राजमार्गमै गाडी रोकेर अचानक हमला गरेको थियो। परिस्थिति निकै भयावह बने पनि नेताहरूले मुस्किलले ज्यान जोगाउन सफल भएका छन्।

राष्ट्रिय संगठनका नेतृत्वमाथि भएको यस्तो हिंसात्मक घटनाले अहिले क्षेत्रभर त्रास र आक्रोश फैलिएको छ। यदि जातिका नेताहरू नै सुरक्षित छैनन् भने सर्वसाधारण जनता कस्तो डर र असुरक्षाबीच बाँचिरहेका होलान भन्ने प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ।

घटनापछि जिल्ला समितिले प्रहरी अधीक्षकसमक्ष औपचारिक उजुरी दर्ता गरिसकेको छ र संलग्न दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ।

यस आक्रमणले समष्टिमा गणतान्त्रिक मूल्य कमजोर बन्दै गएको, त्रास र दमनको वातावरण बढिरहेको भन्ने चर्चालाई थप बल दिएको छ। शान्ति, सुरक्षा र न्यायको प्रत्याभूति गराउनु राज्यको पहिलो दायित्व भएको आवाज अहिले थप सशक्त रूपमा उठिरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ