दार्जीलिङ ट्राफिक आईसी दोर्जे शेर्पाको स्थानान्तरण

Share this news

दार्जीलिङ,2 मार्च(निस):दार्जीलिङ शहरको ट्राफिक व्यवस्थालाई नयाँ रूप, व्यवस्थित साथै मैत्रीपूर्ण पुलिस व्यवस्थाबाट जनसेवा पुर्‍याउने दार्जीलिङ पहाडका एक सशक्त पुलिस अधिकारी दोर्जे शेर्पा दार्जीलिङ ट्राफिक पुलिस अधिकारीको पदबाट स्थानान्तरण हुँदै अलिपुरद्वार जिल्लामा ट्राफिक पुलिस अधिकारीको रुपमा आइतबार दार्जीलिङबाट प्रस्थान गरेका छन् भने उनलाई दार्जीलिङ ट्राफिक पुलिस कार्यालयबाट कार्यालयमा ट्राफिक सहकर्मी तथा पुलिस जवानहरुले विदाई दिँदै, आगामी दिनको निम्तो शुभकामना व्यक्त गरे।

दार्जीलिङ ट्राफिक पुलिस प्रशासनभित्र दार्जीलिङ ट्राफिकलाई व्यवस्थित तथा सहज बनाउनको निम्ति पुलिस अधिकारी दोर्जे शेर्पा दार्जीलिङ ट्राफिक अधिकारीको रुपमा पाँच पल्ट नियुक्ति भएका थिए, उनले गत 8 अगस्ट 2012 सालमा सर्वप्रथम दार्जीलिङ सदर ट्राफिक पुलिस अधिकारी ओसी-को रुपमा नियुक्ति भएका थिए भने उनी 7 जुन 2018 सालमा यहाँबाट स्थान्तरण भएर गएका थिए। त्यसरी नै उनी 6 जुन 2019 सालमा फेरि दार्जीलिङ ट्राफिक पुलिस अधिकारीको रुपमा नियुक्ति भए अनि 13 फरवरी 2021 सालमा यहाँबाट फेरि उनी स्थानान्तरण भएपछि फेरि उनी 18 सेप्टेम्बर 2021 सालदेखि 3 अगस्ट 2022 सालसम्म दार्जीलिङ ट्राफिक पुलिस अधिकारी ओसीको रुपमा पुनः नियुक्ति भएका थिए।

त्यसपछि शेर्पाले गत 22  फरवरी 2024 सालमा दार्जीलिङ ट्राफिक पुलिस कार्यालयमा ओसी-को रुपमा नियुक्ति लिए अनि ग्व्त 14  अगस्ट 2025 सालसम्म थिए भने उनी फेरि अन्य ठाउँमा स्थानान्तरण नभएर पुन: यही दार्जीलिङ सदर ट्राफिक पुलिस आइसी-को रुपमा गत 15 अगस्त 2025 सालको दिन सदर ट्राफिकको आईसी-को रुपमा नियुक्ति भए अनि 1 मार्च 2026 सालको दिन उनी अलिपुरद्वार ट्राफिक अधिकारीको रुपमा स्थानन्तरण भएको ट्राफिक पुलिस प्रशासन सूत्रले जानकारी गराएको छ। दार्जीलिङ सदर ट्राफिक पुलिस अधिकारीको रूपमा यति लामो सेवा पुर्‍याएपछि उनलाई दार्जीलिङ पहाडमा ट्राफिक व्यवस्था सुधार अनि मैत्रीक कुशल पुलिस अधिकारीको रूपमा चिन्ने गरिन्छ, उनले दार्जीलिङ शहरभित्र भएको ट्राफिक व्यवस्थालाई धेरै सुधार गरिएको अनि चालकहरूसित मैत्रीक भावनाले सेवा तथा व्यवहार गरेको विभिन्न सिन्डिकेटका चालक समूह हरूको भनाइ छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ