दार्जीलिङ प्रेस गिल्डको 25औं स्थापना दिवस पालन

Share this news

दार्जीलिङ, 29 फऱवरी (निसं): दार्जीलिङ प्रेस गिल्डले शनिबार विविध कार्यक्रममाझ आफ्नो 25औं स्थापना दिवस पालन गऱ्यो। आफ्नो 25औं स्थापना दिवस समारोहको अवसरमा गिल्डले आदि पत्रकार एवं बाइबललाई नेपालीमा उल्था गरेर छुट्टै इतिहास कोर्ने पादरी गंगा प्रसाद प्रधानको परिवारलाई दार्जीलिङ प्रेस गिल्ड सम्मानद्वारा विभूषित गऱ्यो। यसरी नै दार्जीलिङ प्रेस गिल्डले दार्जीलिङको सिंहमारी निवासी जेसिन जोश अनि सिलगढ़ी निवासी फोटो पत्रकार पासाङ्ग (कुन्दन) योल्मोलाई फ्रेण्ड्स अफ् प्रेसद्वारा सम्मानित तुल्यायो।
यस अवसरमा पादरी गंगा प्रसाद प्रधानको सात पुस्ताका परिवारका सदस्यहरू सामेल थिए भने यस परिवारले आज आफूहरूमाथि दार्जीलिङ प्रेस गिल्डले अझै ठूलो दायित्व थपिदिएको बोध गरेको पनि बताए। यस परिवारका सदस्यहरूमा संगीतकार जीवन प्रधान साथै अन्य उपस्थित रहेका थिए। फ्रेण्ड्स अफ् प्रेस सम्मानद्वारा सम्मानित हुनेहरू जेसिन जोश र कुन्दन योल्मोले सन् 2017-को आन्दोलनको समय समाचार संकलन गर्न मैदानमा खटिरहेका पत्रकारहरूलाई ठूलो सहयोग गरेर उनीहरूको जीवन जोखिममा पर्नबाट बँचाएका थिए। जेसिन जोश दार्जीलिङको सिंहमारी निवासी हुन् अनि सन् 2017-को आन्दोलनको एपिसेन्टर परनि सिंहमारी नै थियो। आन्दोलनले उग्र रूप लिएको थियो। पत्रकारहरू पनि सुरक्षित थिएनन्। त्यो आन्दोलनकै समाचार संकलन गर्न कतिपय पत्रकारहरू पातलेबास नै पुगेका थिए। त्यस समय पुलिसको गोलीबारी अनि आन्दोलनकारीहरूको ढुङ्गा-मुँड़ा चलिरहेको थियो। ती गोलीको शिकार पत्रकारहरू पनि हुनसक्ने प्रबल सम्भावना थियो। त्यसै समय सिंहमारी निवासी जेसिन जोशले त्यस स्थानमा समाचार संकलन गरिरहेका पत्रकारहरूलाई आफ्नो घरभित्र बोलाएर सुरक्षित आश्रय दिएकी थिइन् भने फोटो पत्रकार कुन्दन योल्मोले पातलेबासमा फँसेका पत्रकारहरूलाई आफ्नो बाइकमा एक-एकजना गर्दै दार्जीलिङ शहरसम्म ल्याउने कार्य गरेका थिए। उनीहरूले पत्रकारहरूमाथि देखाएको वा गरेको त्यस महत्वपूर्ण कार्यको सराहना गर्दै दार्जीलिङ प्रेस गिल्डले उनीहरूलाई फ्रेण्ड्स अफ् प्रेसद्वारा सम्मानित गरेको हो। जीटीए सभाका अध्यक्ष अञ्जुल चौहानको मुख्य आतिथ्य अनि उपाध्यक्ष राजेश चौहानको विशिष्ट आतिथ्यमा स्थानीय नेपाली साहित्य सम्मेलन भवनको प्रेक्षागृहमा आयोजित यस समारोहमा प्रेस गिल्डका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो। जसमा प्रेस गिल्डका कोषाध्यक्ष मोहन लामाले दार्जीलिङ प्रेस गिल्डको स्थापनाकालदेखि हालसम्मको इतिहास संक्षिप्तमा बताए।
दार्जीलिङ प्रेस गिल्डले आफ्नो स्थापनाकालदेखि के-कस्ता संकट, अभाव तथा समस्याहरूको सामना गर्नपरेको थियो, त्यसबारे विस्तृतरूपमा जानकारी गराए। समारोहका मुख्य अतिथि अञ्जुल चौहानले समारोहलाई सम्बोधन गर्दै भने-पत्रकारहरू समाजका मार्गदर्शकहरू हुन् अनि उनीहरूले विगतदेखि हालसम्म नै सत्तामा बस्नेहरूदेखि विपक्षमा रहने सबैलाई सही मार्ग देखाउने कार्य गरिरहेका छन्। पत्रकारिता सजिलो कार्य होइन अनि यो जो-कसैको वशको कुरा होइन।
यसैले पत्रकारिता जस्तो चुनौतीपूर्ण पेशामा संलग्न रहेर समाजलाई सही मार्ग देखाउने पत्रकारहरूको कार्य सराहनीय छ। यस्ैन चुनौतीहरूसँग खेल्दै अघि बढ़िरहेको दार्जीलिङ प्रेस गिल्डको 25औं स्थापना दिवसको अवसरमा सम्पूर्ण पत्रकारहरूलाई बधाई दिन्छु, चौहानले भने। दार्जीलिङ प्रेस गिल्डकै अध्यक्ष दीप गजमेरको अध्यक्षतामा आयोजित यस स्थापना दिवस समारोहको अवसरमा गिल्डका सचिव आदित्या रायाले स्वागत सम्बोधन पेश गरेका थिए। यसरी नै समारोहमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका नेता एवं जीटीएका सभासद जितेन राई पनि उपस्थित रहेका थिए। यस समारोहलाई अझै रोचक बनाउन त्रिवेणी संगीतालयका बाल कलाकारहरूले नृत्यहरू प्रस्तुत गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ