Darjeeling Mandarin Orange receives official GI tag
Darjeeling Mandarin Orange receives official GI tag

दार्जीलिङ मन्डारिन ओरेन्जलाई आधिकारिक जीआइ ट्याग प्राप्त

Share this news

सुप्रसिद्ध दार्जीलिङ मन्डारिन ओरेन्ज (Citrus reticulata Blanco) लाई आधिकारिक जियोग्राफिकल इन्डिकेशन (GI) दर्जा दिलाउन मिरिक स्थित दार्जीलिङ अर्ग्यानिक फार्म प्रोड्युसर्स अर्गनाइजेशन (DOFPO), पश्चिम बङ्गाल राज्य विज्ञान एवम् प्रौद्योगिकीको पेटेन्ट इन्फोर्मेशन सेन्टर (PIC) र उत्तर बङ्ग कृषि विश्वविद्यालयको अथक प्रयासका लागि दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले वधाइ दिएका छन्।

हाम्रो क्षेत्रतबाट यस्तो प्रतिष्ठित मान्यता पाउने डल्लो खोर्सानीपछि यो दोस्रो उत्पादन बनेको छ। यस जीआइ ट्यागले हाम्रो दार्जीलिङ र कालेबुङ जिल्लाका चिसो, कुइरोले ढाकेको पहाड़मा उत्पादन हुने हाम्रो “सुन्तला”को विशिष्ट गुणहरूको बखान गर्दछ।

यसको मिठास, सुगन्ध, अनि विशिष्ट स्वाद हाम्रो विशिष्ट हावापानी र माटोको कारणले आउँछ जसले हाम्रो मन्डारिन सुन्तलालाई अरूभन्दा बेग्लै विशिष्टता प्रदान गर्दछ। यद्यपि कुनै बेला सुन्तला खेती ९३० हेक्टेयरमा फैलिएको थियो अनि २०१६ मा यसको उत्पादन १५,००० मेट्रिक टन भएको थियो, तर वितेका वर्षहरूमा विभिन्न कीरा अनि रोगहरू लाग्नाले, माटोको गुणवत्तामा गिरावट हुनाले, जलवायु परिवर्तनले, अनि विपणनको खराब व्यवस्थाले यसमा गिरावट आएको छ। आशा छ, यो कोसेढुङ्गामा पुगेपछि हाम्रो संघर्षरत साइट्रस क्षेत्रमा नयाँ परिवर्तन आउने सांसद बिष्टले विश्वास व्यक्त गरे।

यो जीआइ ट्याग प्राप्त हुनाले हाम्रा सुन्तला किसानहरूलाई ठूलो मद्दत मिल्नेछ। यसले हाम्रा दार्जीलिङ मन्डारिन सुन्तलालाई बढ़ी विश्वसनियता अनि बजार मूल्य प्राप्त गर्न सक्षम बनाउने छ। यसले हाम्रो लागि राष्ट्रीय एवम् अन्तर्राष्ट्रीय उत्कृटतम बजारहरूको ढोका खोल्नेछ। साथै, यसबाट ‘दार्जीलिङ’ ब्राण्डको दुरुपयोगलाई रोक्नमा मद्दत मिल्नेछ अनि हाम्रो पहाड़मा उत्पादन हुने असल फलको राम्रो मूल्य प्राप्त हाम्रा किसानहरूलाई प्राप्त होस् भनी सुनिश्चित गर्नेछ।

सांसद बिष्टले यसप्रकारको एकीकृत प्रयासहरूको माध्यमले हाम्रो क्षेत्रका अन्य उत्पादनहरू जस्तै अलैँची, अदुवा, इस्कुस, आडु, रायोको साग, गरेण्डल (passion fruit), मसेमको दाल, भद्रासे, भुइँकटहर, काउलो आदिलाई जीआई दर्जाअन्तर्गत ल्याउन हामी सक्षम हुने पनि आशा व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ