साउथफिल्ड कलेजमा साइबर अपराध र लागूपदार्थ जागरूकता 

Share this news

दार्जीलिङ,24(निसं): दार्जीलिङको साउथफिल्ड कलेजको शिक्षा विभागले हिजो साइबर अपराध र लागूपदार्थ जागरूकता कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो। यस पहलको प्राथमिक उद्देश्य डिजिटल सुरक्षाबारे ज्ञान बढाउनु, विद्यार्थी र शिक्षकहरू दुवैमा जिम्मेवार इन्टरनेट प्रयोगलाई सशक्त बनाउनु थियो भनी साउथफिल्ड क्स्लेजले जानकारी दिएको छ। कलेजले थप बताए अनुसार, जसले गर्दा समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्नु थियो। कार्यक्रममा  साउथफिल्ड कलेज शिक्षा विभागबाट सहभागीहरू रहेका थिए भने प्राचार्य डा. अनुराधा राईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कानून प्रवर्तनका विशिष्ट वक्ताहरू उपस्थित थिए, जसले साइबर अपराध र लागु प्रदार्थबारे जागरूकता विकास गराउन बहुमूल्य अन्तर्दृष्टि र विशेषज्ञता प्रदान गरे जसमा देवराज दास, आईपीएस अतिरिक्त एसपी, दार्जीलिङ उज्ज्वल सरकार उप-प्रहरी अधीक्षक (डीएसपी) दार्जीलिङ  टाउन शुभ्रा सन्याल आईसी सदर पीएस, दार्जीलिङ देबासिस रोय आईसी साइबर पीएस-को उपस्थितिमा  सम्पन्न भएको थियो। प्राचार्य डा. अनुराधा राई, विभागीय प्रमुख, शिक्षा विभाग डा. श्रीकृष्ण सरकार लगायत अन्यको उपस्थिति रहेको थियो। सम्पूर्ण कार्यक्रमको सञ्चालन साथै  स्वागत सम्बोधन डा. प्रतिष्ठा गुरुङले राखेका थिए भने डा. पुनम प्रधानले धन्यवाद ज्ञापन गरेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान