TARAI DOOARS
TARAI DOOARS

सीएसटीयू दार्जीलिङ हिल तराई डुवर्स क्षेत्रीय समिति गठन

Share this news

खरसाङ , (निसं): सेन्ट्रल फर स्ट्रगलिङ ट्रेड यूनियन्स (सीएसटीयू) दार्जीलिङ हिल्स-तराई-डुवर्स क्षेत्रको प्रथम सम्मेलन खरसाङ्को बरबुङ बस्तीमा युनियनका सक्रिय सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो।

युनियनका सक्रिय सदस्यहरूमध्ये सीएसटीयूको घटक यूनियन एइचपीइयुका सदस्यहरूबाहेक पनि अन्य उद्योग र असङ्गठित श्रमिक प्रतिनिधि अनि कार्यकर्ताहरू उपस्थित थिए। युनियनको झण्डा उत्तोलन गरेर सुरू भएको प्रथम क्षेत्रीय सम्मेलनमा सीएसटीयु केन्द्रीय अध्यक्ष अमिताभ भट्टाचार्य, कार्यकारिणी समिति सदस्य सुधा तामाङ, युनियन कार्यकर्ता छेवाङ योञ्जन अध्यक्ष मण्डलीमा बसे भने तनुजा लामा, शमीक चक्रबर्ती र सुमेन्द्र तामाङले स्टियरिङ कमिटीको दायित्व सम्भालेका थिए।

लाली गुराँस समूहका युवाहरूले जनवादी गीत प्रस्तुत गरेर सम्मेलन शुरू गरेपश्चात सीएसटीयु केन्द्रीय उपाध्यक्ष सुमेन्द्र तामाङले युनियनको क्षेत्रीय रिपोर्ट प्रस्तुत गरे अनि शमीक चक्रबर्तीले सीएसटीयुको सङ्गठनिक संरचना, भूमिका र कार्यप्रणालीबारे प्रकाश पारेका थिए।

लङभ्यू, मार्गरेटस्‌‍ होप, बालासन, रिङटङ, बड़ा फागु, तुङसुङ आदि चियाबगानहरूबाट अनि दार्जीलिङ बजार लगायत विभिन्न ठाउँका असङ्गठित श्रमिक र अन्य युनियन प्रतिनिधिहरूले सीएसटीयु गठनको महत्त्वबारे वक्तव्य राखेका थिए। सम्मेलनले सीएसटीयूको दार्जीलिङ हिल्स-तराई-डुवर्स क्षेत्रीय समितिमा 13 जना प्रतिनिधिहरू चयन गरिएका छन्‌‍, जसमा अध्यक्ष सुमेन्द्र तामाङ, सचिव छेवाङ योञ्जन, उपाध्यक्षमा सुधा तामाङ, शमीक चक्रबर्ती, सहसचिवमा तनुजा लामा, सुमित देवान, कोषाध्यक्षमा उज्जल छेत्रीलाई चयन गरिएको छ भने सदस्यहरूमा अनुपा तामाङ, सेमिका लामा, सहयोग हवाल, लविन विके, छिरिङ शेर्पा र गीता तामाङलाई चयन गरिएको छ। सम्मेलनको अन्त्यमा सीएसटीयु केन्द्रीय समिति अध्यक्ष अमिताभ भट्टाचार्यले नयाँ लेवर कोडहरूबारे जानकारी दिँदै वर्तमान सत्ता र सरकारले श्रमिक विरोधी नीतिहरू पारित गरेकोमा भत्सर्ना जनाए। उनले नयाँ श्रम कोड र श्रम कानूनहरू मालिक पक्षीय रहेको बताए। सम्मेलन समाप्त भएपछि उपस्थित श्रमिक प्रतिनिधिहरूले नयाँ लेबर कोडको खेस्रा जलाएर श्रमिक विरोधी श्रमसंहिता अर्थात्‌‍ लेबरकोडको विरोध गरे र यसबारे प्रचार र विरोध कार्यक्रमहरू जारी नै रहनेछ भनेर जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ