राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीसित युकेएफसीको भेटघाट

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लब खरसाङले आज उनको निवास स्थानमा भेटघाट गरेर बधाई दिएका छन्। खरसाङको सन्त मेरिज निवासी क्रिस्पिन छेत्रीको कोचमा रहेको भारतको राष्ट्रिय महिला फुटबल टिमले हालैमा थाईल्याण्डलाई 2-1 को अन्तरले जितेर अष्ट्रेलियामा हुने एएफसी वुमेन्स एसियन क्लब 2026 को लागि क्वालिफाई गरेको छ। हालमा क्रिस्पिन छेत्री आफ्नो घर आएका छन्। यस अवसरमा भारतीय राष्ट्रिय महिला फुटबल टिम कोच एंव युनाइटेड खरसाङ फुटबल क्लबका पूर्व खेलाड़ी क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लबका पदाधिकारीहरुले उनको घरमा नै भेटघाट गरेर स्वागत जनाउँदै भारतको राष्ट्रिय महिला फुटबल टिमलाई 22 वर्षपछि पुनः एएफसी एशियन कप 2026 को लागि चयन गराउन ऐतिहासिक उपलब्धि हाँसिल गर्दै एकजनाको मुख्य कोचको भूमिका सफलतापूर्वक निभाएकोमा बधाई पनि दिएका छन्। भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीको अगुवाईमा भारतको राष्ट्रिय महिला फुटबल टिमले हालैमा थाईल्याण्डलाई 2-1 को अन्तरले जितेर अष्ट्रेलियामा हुने एएफसी वुमेन्स एसियन क्लब 2026 को लागि क्वालिफाई गर्न सफल बनेको हो। हालमा क्रिस्पिन छेत्री खरसाङको सन्त मेरिजस्थित आफ्नो घर आएका छन्। यस अवसरमा भारतीय राष्ट्रिय महिला फुटबल टिमका मुख्य कोच क्रिस्पिन छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै सफलताको लागि युवाहरुमा धैर्य, कडा मेहनत र अनुशासित जीवन चाहिने बताएका छन्। उनले सफलताको लागि संघर्ष गर्नुपर्छ र परिवारको पनि साथ चाहिन्छ भनी बताएका छन्। क्रिस्पिन छेत्रीले भने, आफुले जे सोच्छ त्यसमाथि कड़ा मेहनत गर्नुपर्छ। आफ्नो इच्छा शक्ति पनि चाहिन्छ। हाम्रो क्षेत्रका युवाहरुमा धेरै पोटेन्सियल छ। तर त्यसको लागि कतिपय स्याक्रिफाइज जरुरी हुन्छ। कोहीबेला असफल पनि भइन्छ। विशेष गरेर खेलकूदमा असफलता त हुन्छ नै तर ती असफलतालाई लिएर नै अघि बढ्नुपर्छ।’छेत्रीले केही दिन घरमा बसेर पुनः कार्यमा फर्किने बताएका छन्। उनले आफुलाई सपोर्ट गर्ने दार्जीलिङ पहाड़, खरसाङ क्षेत्रका सबै सिनियर दाजुहरुलाई पनि धन्यवाद दिएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ