माकपाद्वारा 2 पहिरो पीडितका घर निर्माण

Share this news

गत ४ अक्टोबरकाे विनाशकारी पैह्राेले घर विहीन बनेका थर्बु नन्दलाल गाउँका रानु राई, जपुन राई अनि नाै माइलका अनु तामाङकाे घर निर्माणकाे लागि माकपाले मिरिक निगाले फाटक नगीच घर निर्माणकाे लागि भूमि पुजन साथै शिलान्यास गर्याे। माकपा नेता एवं पूर्व राज्यसभा सांसद समन पाठकले भूमि पुजन गरेर घर निर्माणकाेलागि आधारशीला राखे। यस अवसरमा माकपा नेताहरू सचिन खाती, किस्मत तामाङ, सुवर्ण राई लगायत स्थानीय मानिसहरू अनि पिडित परिवार उपस्थित रहेका थिए।

माकपा नेताहरू समन पाठक, सचिन खाती, किस्मत तामाङले विनाशकारी पैह्राेकाे चपेटमा परेर घर विहीन बनेका दार्जीलिङ पहाडका सातजना पीडितहरूकाे घर निर्माण गर्ने निधाे माकपाले गरेकाे जसमा तीनवटा घर मिरिकमा निर्माण गरिनेछ भन्दै घर निर्माणकाे लागि टिनकाे छानाे, सिमेन्ट, गिटी, बालुवा लगायत आवश्यक सामाग्रीहरू पीडितहरूकाे घर निर्माण हुने ठाउँमा हामीले पुराई सकेका छाै। साेमबार भूमिपूजा गरेपछि घर निर्माणकाे कार्य थालिएकाे बताए। उनीहरूले हामीले अक्टाेबर महिनामा आएकाे विनाशकारी पैह्राेदेखि नै पिडितहरूकाे अभाव र समस्या समधान गर्ने कार्य गरिरहेका छाै। आपदकाे बेला माकपा अनि माकपाका गण संगठनहरूले पिडितहरूलाई आवश्यकता अनुसार राहत वितरण गर्ने कार्य गरेकाे थियाे।

त्यस समय हामीले पैह्राे सफा गर्ने कार्य पनि गरेका थियाै भने अब हामी घर निर्माण गर्न लागिरहेका छाै भने।माकपा नेताहरूले प्राकृतिक प्रकाेपकाे समय ठूला ठूला नेताहरू केन्द्र अनि राज्यबाट आए।पैह्राे गएकाे यतिका महिना वितिसक्दा पनि कुनै घर विहीन पैह्राे पिडितकाे घर सत्ताधारी सरकारले गर्न सकेकाे छैन। राज्य सरकारले घर निर्माण अथवा पुनर्वासकाेलागि जति रकम उपलब्ध गरायाे।त्याे रकमले घर निर्माण हुनु असम्भव हाे।यसैले हामीले उक्त रकम पनि वृद्धि गर्नुपर्छ भन्ने माग सरकार समक्ष गरिरहेका छाै भने।

उनीहरूले प्राकृतिक आपदाकाे बेला कतिपय घर विहीनहरूकाे घर निर्माण सरकार अथवा कसैले निर्माण नगरिदिए हामी निर्माण गरिदिनेछाै भनी वचन दिएका थियाै। समय वित्याे तर कसैले घर निर्माणकाे पहल नगरेकाे देख्दा हामीले दिएकाे वचन पूरा गर्दै हामीले घर बनाइदिने अठाेट गरेका छा‌ै भन्दै हामी मिरिकका तीनजना प‌ैह्राे पिडितहरूकाे घर निर्माण गरिदिनेछा‌ै।

जसकाे निर्माण कार्य थालिएकाे बताए।यता पैह्राे पिडितहरू रानु राई,जपुन राई अनि अनु तामाङले पैह्राेले हाम्राे घर क्षति गरेपछि हामी घर विहीन बनेका थियाै।माकपाले हाम्राे घर निर्माण गरिदिने भएकाे छ।हामी खुशी छाै अनि घर निर्माणकाेलागि पहल गरिदिएकाेमा माकपालाई आभार प्रकट गर्दछाै भने। उनीहरूले माकपा नेताहरूले हामीलाई राहत शिविरमा बस्दादेखि नै सहयाेग गरिरहेकाे पनि बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ