धारा 356 लागू गर्नुपर्ने सांसदको साहसी आवाज हो : प्रवक्ता नहकुल छेत्री

Share this news

दार्जीलिङ,18 दिसम्बर(निसं): भारतको सर्वोच्च मञ्च संसदको शीतकालीन अधिवेशनमा उभिएर दार्जीलिङ पहाड, तराई र डुवर्सका जनताको दीर्घकालीन पीडा, अधिकार र उपेक्षाहरूलाई निर्भिकताका साथ मुखरित गरिएकोमा दार्जीलिङ लोकसभा सांसद राजु विष्टप्रति भारतीय जनता पार्टी, दार्जीलिङ जिल्लाको तर्फबाट हार्दिक धन्यवाद एवम् कृतज्ञता प्रकट गरेको भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला प्रवक्ता नहकुल छेत्रीले बताएका छन्।
भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला प्रवक्ता नहकुल छेत्रीले बताए अनुसार, वर्षौंदेखि उपेक्षा, शोषण र असमान व्यवहारको सिकार बन्दै आएको दार्जीलिङ क्षेत्रको वास्तविक अवस्थाप्रति संसदको ध्यान आकर्षित गराउँदै, राज्य सरकारद्वारा केन्द्रका कानुन तथा संवैधानिक मर्यादाहरूको अवहेलना भइरहेको गम्भीर विषय उठाउनु सांसदको संवैधानिक प्रतिबद्धता र जनप्रतिनिधिको उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो ।
राज्य सरकारको असहयोगका कारण केन्द्रीय योजनाहरू जनताले उपभोग गर्न नपाउँदा यहाँका नागरिकहरू आधारभूत विकास र कल्याणका अवसरहरूबाट वञ्चित हुनपरेको यथार्थलाई स्पष्ट रूपमा प्रस्तुत गर्नु ऐतिहासिक कदम हो।
छेत्रीले अघि भनेका छन् , संविधानको धारा 356 लागू गर्नुपर्ने आवश्यक्तामाथि सांसदले उठाएको प्रश्न कुनै राजनीतिक आग्रह मात्र नभई, संविधान, संघीय संरचना र आम जनताको हितको रक्षा गर्ने साहसी आवाज हो । यसले राज्यमा विद्यमान प्रशासनिक अराजकता र संवैधानिक असन्तुलनतर्फ गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ।सांसदले संसदमा बोलेका शब्दहरू केवल भाषण नभई, दशकौँदेखि दबिएका आवाजहरूको प्रतिध्वनि हो। उनको यो दृड पहलले दार्जीलिङवासीलाई निश्चय नै न्याय दिनेछ अनि लोकतन्त्रलाई अझ सबल बनाउनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ