constitutional system
constitutional system

गोर्खाहरुको निम्ति संवैधानिक ब्यवस्थाको छिनोफानो भइसकेको दावि

Share this news

गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समितिका सदस्य प्रवेश राईले भारत सरकारद्वारा गोर्खाहरुको निम्ति संवैधानिक ब्यवस्था छिनोफानो भइसकेको छ भन्दै तर अब २००७ को षड्यन्त्र नहोस् भन्ने बताएका छन्।
गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समितिको सांङ्ठनिक सभा मङ्पु पार्टी कार्यलयमा बसेको सभामा राईले यी कुरा भनेका हुन्। उनले भने, गोरामुमो अध्यक्ष मन घिसिङ साथै केन्द्रीय समिति शीर्ष नेतृत्ववर्गले जनता र पार्टीलाई केही दुख नदिई मुद्दालाई भारत सरकार समक्ष पुर्‍याउन सफल भएका छन्। अब फेरि षड्यन्त्र रच्नु हुदैन। यदि भारत सरकारले गोर्खाहरुको निम्ति संवैधानिक ब्यवस्था गोर्खाहरुको निम्ति दिन्छ भने, २००७ को जस्तो हुनु हुँदैन यदि फेरि पनि यसो भएको खण्डमा गोर्खा राष्ट्रिय युवा मोर्चाए सहन गर्ने छैन। अब यो अवसर पनि गुमायो भने गोर्खाहरुको भविष्यमा फेरि पनि कालो बादलले ढाक्ने छ। यसकारण जनता अब सचेत हुन पर्छ नानाथरीको कुरामा भुलिनु हुँदैन। अब हामी सबै एक भएर सत्य कुरालाई मात्र साथ दिनु पर्छ भ्रामक बिषयहरूमा ध्यान दिनु नहुने प्रवेश राईले अपिल समेत गरेका छन्।
उक्त सभामा गोरामुमो केन्द्रीय समिति सदस्य किशोर राई, गोरामुमो जनचेतना समिति सचिव रन्जिता सुब्बा, द्रोणा गुरुङ, मङ्पु लाब्दा समष्टि अध्यक्ष अल्बर्ट तामाङ, गोरायुमो खर्साङ ब्राञ्च कमिटी, कालेबुङ ब्राञ्च कमिटी , मिरिक ब्राञ्च कमिटी अनि दार्जीलिङ ब्राञ्च कमिटीका प्रतिनिधिबर्गको उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ