अल इण्डिया कंग्रेसका पर्यवेक्षकहरूद्वारा खरसाङको भ्रमण

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः कांग्रेसको शासनकालमा पहाड़ले राजनैतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग साथै अन्य विभिन्न बुनियादी विषय-वस्तुमा धेरै उपलब्धिहरू पाए पनि आज पहाड़का मानिसहरू कांग्रेससित किन्‌‍ टाड़िएर गए भन्ने कुरोको अध्ययन गर्न, यस चुनावको माध्यमले कांग्रेससित पहाड़ अनि समतलका मानिसहरूलाई पुन: जोड्नको निम्ति अपिल गर्दै यस क्षेत्रमा अल इण्डिया कांग्रेस कमिटीको निर्देश अनुसार कांग्रेस कमिटीको दार्जीलिङ जिल्ला पर्यवेक्षकको रुपमा आएको तकम सञ्जयले बताएका छन्‌‍।
पश्चिम बंगालको अन्य ठाउँहरू झैँं, दार्जीलिङ पहाड़ सहित दार्जीलिङ जिल्ला अन्तर्गत समतल क्षेत्रमा पनि विधानसभा चुनाव हुनु गइरहेको छ भने सोही चुनावलाई मध्य नजर राख्दै अल इण्डिया कांग्रेस कमिटीको राष्ट्रीय स्तरका चुनाव पर्यवेक्षक, पूर्व सांसद साथै ट्राइबल संगठनका राष्ट्रस्तरको प्रतिनिधि तकम सञ्जय अनि तिनको सहयोगी तेञ्जिङ नमदकले खरसाङस्थित कांग्रेसको पार्टी कार्यालयमा पार्टी प्रतिनिधिहरूलाई लिएर एउटा सभा गरे।
सभामा दार्जीलिङ जिल्ला अध्यक्ष सुविन भौमिक, जिल्ला कार्यकारिणी अध्यक्ष सरोज कुमार खत्री, जिल्ला सचिव बनी सिंह साथै अन्य विभिन्न पार्टी समर्थक अनि पार्टी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यस अवधि सभापछि पत्रकारहरूसित कांग्रेस पार्टीको केन्द्र स्तरको चुनाव पर्यवेक्षक तकम सञ्जयले बताए अनुसार, तिनी अरुणाचल प्रदेशबाट पूर्व सांसद हुन्‌‍, साथै विगतमा पनि राष्ट्रिय स्तरको ट्राइबल संगठनका प्रतिनिधि रहेका थिए। वर्तमानमा पनि तिनी एकजना ट्राइबल संगठनका प्रतिनिधिको रूपमा कार्यरत्‌‍ छन्‌‍ भने तिनी एक कांग्रेसी हुन्‌‍। तिनले थप जनाए अनुसार, शुक्रवार तिनले सिलगढ़ीमा पार्टी प्रतिनिधिहरूसित सभा गरे अनि शनिवार पहाड़स्थित खरसाङ्मा पार्टीको प्रतिनिधिहरूलाई लिएर चुनाव संगै संगठनलाई लिएर चर्चा परिचर्चा गरे।
तिनले आफ्नो वक्तव्यमा यो पनि जनाए कि कांग्रेसको शासनकालमा पहाड़ले राजनैतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग साथै अन्य विभिन्न बुनियादी विषयमा धेरै उपलब्धिहरू पाए पनि आज पहाड़का मानिसहरूले कांग्रेससित किन्‌‍ टाडिएर गए, यस चुनावको माध्यमले कांग्रेससित पहाड़ अनि समतलका मानिसहरूलाई पुन: जोड्नको निम्ति पहल भइरहेको छ। कांग्रेस पार्टी गोर्खा अनि बङ्गाली समुदायलाई जोड्ने पार्टी हो। जब पहाड़मा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन स्व0 सुवास घिसिङ्को नेतृत्व भयो, त्यस समय तत्कालिन प्रधानमन्त्री राजीव गान्धीले यस क्षेत्रका सबै मानिसहरूको ध्यान राख्दै दार्जीलिङ गोर्खा हिल काउन्सिलको गठन गरे। पछि नेपाली भाषालाई पनि आठौँ अनुसूचीमा समावेश गरेर मान्यता दिईयो।प्रधान मन्त्री मन मोहन सिंहको शासन कालमा जीटीए गठन भयो । कांग्रेसले केवल दिने कार्य मात्र गरेको छ, तर कहिले फाइदा उठाएन। आज यी सबै उपलब्धिहरूको सांगठनिक तौरमा कसले फाइदा उठाइरहेको छ, जनताले बुझ्नु पर्छ। यस क्षेत्रका जनमानसले भाजपालाई, टीएमसीलाई वा तिनको सहयोगी दल, गोर्खा जनमुक्ति मोर्चालाई मौका दिएका छन्‌‍, अब कांग्रेसलाई जनताले मौका दिन पर्छ।
तिनले थप जनाए अनुसार, यस क्षेत्रको चुनाव सम्बन्धित विभिन्न पक्षमा समीक्षा गरेर, पार्टीका केन्द्रीय हाइ कमाण्ड साथै राज्य अध्यक्षलाई जानकारी गराइने छ। सोही अनुरूप, आउँदो केही दिन भित्र दार्जीलिङ जिल्ला अन्तर्गत रहेको सबै आसनको निम्ति कांग्रेस पार्टीले आफ्नो उम्मेदवारको नाम घोषणा गर्नेछ। तिनले थप जनाए अनुसार, कांग्रेस पार्टीले राज्यको सबै 294 वटा आसनमा कांग्रेस पार्टीको उम्मेदवार खड़ा गर्नेछ। पार्टीका वरिष्ठ नेतृत्व राहुल गान्धी, प्रियंका गान्धी सहित अन्य वरिष्ठ नेतृत्वहरूको अगुवाईमा चुनावी पदयात्राको यसमा क्षेत्रमा आयोजन गरिनेछ। जनताले बुझ्नु अति नै आवश्यक छ कि कांग्रेस पार्टी देशको सबैभन्दा पुरानो पार्टी हो, जसले देशलाई विभिन्न पक्षबाट जोड्ने कार्य गरेको छ, तिनले भने।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ