Congress candidate declare Bengal
Congress candidate declare Bengal

पहाड़को तीन आसनसंगै राज्यको 294 समष्टिमा कंग्रेस उम्मेद्वार

Share this news

कांग्रेस पार्टीले पहाड़को तिनैवटा आसन सहित राज्यको 294 वटा आसनमा आउँदो विधान सभा चुनावमा उम्मेदवार खड़ा गरेको छ। सोही अनुरूप, ती उम्मेदवारहरूलाई लिएर पार्टीद्वारा चुनाव-प्रचार पनि शुरू गरेको छ।

मंगलवार खरसाङ्को कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका राज्य समितिका उपाध्यक्ष मुनिश तामङले जनाए अनुसार, कांग्रेस पार्टीले राज्यको 294 वटा आसन संगै पहाड़को तीनवटा आसनमा पनि उम्मेदवार खड़ा गरेको छ। 24-खरसाङ विधानसभा समष्टिबाट कांग्रेस पार्टीका दार्जीलिङ जिल्ला कार्यकारिणी अध्यक्ष सरोज कुमार खत्री, कालेबुङ आसनबाट सन्त कुमार प्रधान अनि दार्जीलिङबाट माधप राईलाई कांग्रेसले उम्मेदवारको रूपमा खड़ा गरिएको छ। तिनले थप जनाए अनुसार, पहाड़ संगै पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी अनि तृणमूल कांग्रेस पार्टी मिलेर राज्य संगै पहाड़लाई विभिन्न पक्षबाट तहस नहस गरिसकेको छ। यस्ता पार्टीसित पहाड़लाई उन्मुक्तिको सन्देश दिँदै अनि उन्मुक्तिको उद्देश्यले कांग्रेसले आफ्नो उम्मेदवार राज्यको सबै सीटमा उठाएको छ। यस बाहेक, गत 20 वर्षदेखि भाजपाले पहाड़का मानिसहरूलाई झुठ र छलको राजनीति गरेर दिग्भ्रमित गरिरहेको सर्वविदितै छ। राज्य अनि पहाड़मा जे-जति विकास भएको छ, ती विकासहरू कंग्रेसको समयमा नै भएको छ। राज्यको टीएमसी अनि केन्द्रको भाजपा सरकारले कांग्रेसको शासन कालमा जे-जति प्रगति भयो त्यसलाई तोड्ने कार्य गरेको छ। जसले गर्दा मानिसको अवस्था विभिन्न प्रकारले अस्त-व्यस्त भएको छ, चाहे त्यो आर्थिक अवस्था होस्‌‍, राजनीतिक अवस्था होस्‌‍ अथवा सामाजिक अवस्था होस्‌‍ हरेक कुरोमा मानिसहरू दुःख अनि समस्या छन्‌‍।

तिनले अझ जनाए अनुसार, जब तिनी खरसाङ पार्टी कार्यालयमा आए बाहिर एलपीजी सिलिण्डरको निम्ति मानिसहरू लामो लाइनमा उभिएका देखिए । तिनले भने, भाजपा सरकारले कहिले ग्यासको लाइनमा लगाएको छ भने कहिले एसआईआरको लाइन त कहिले आधार कार्डको लाइनमा मानिसहरूलाई लगाएको छ। मोदीको नेतृत्वमा रहेको भाजपा सरकारले देशलाई केवल लाइनमा मात्र लगाएको छ। मानिसहरूको भविष्यलाई लिएर केही गरेको छैन। देशको बेरोजगार युवाको निम्ति केही गरेको छैन, युवाहरू पलायन भइरहेका छन्‌‍। पहाड़को राजनीति के कस्तो छ सबैलाई थाह भएको कुरो हो । अब भाजपा अनि टीएमसी दुवै पार्टीलाई पल्टाउने समय आएको छ। यसैले आजदेखि कांग्रेसको शासनकालका राजनीतिक उपलब्धि अनि सामाजिक साथै विकासमूलक उपलब्धिलाई स्मरण गराउँदै जनता समक्ष जानेछौँ, किनभने केवल कांग्रेस नै हो जसले यहाँ काम गर्न सक्छ साथै समस्याको समाधान गर्न सक्छ। केवल कांग्रेसलेनै देश, राज्य अनि पहाड़मा परिवर्तन ल्याउन सक्छ । त्यति मात्र होइन कांग्रेसलेनै क्षेत्रीय मुद्दालाई राष्ट्रिय स्तरमा लगेर समाधान गर्न सक्छ।

अर्को तर्फ, खरसाङबाट कांग्रेस उम्मेद्वार सरोज खत्रीले पार्टीका वरिष्ठ नेतृत्वहरू प्रति जनमानसको सेवाको निम्ति तिनलाई पार्थीको रूपमा चयन गरेकोमा पार्टीप्रति कृतज्ञता व्यक्त गरे। खत्रीले आफ्नो सम्बोधनमा कांग्रेसको शासनकालमा पहाड़ले राजनैतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग साथै अन्य विभिन्न बुनियादी उपलब्धिहरू पाएको बताए । यहाँसम्म कि सुवास घिसिङ्को नेतृत्वमा गोर्खाल्याण्ड आन्दोलन हुँदा, पहाड़का मानिसहरूको आकांक्षालाई कदर गर्दै कंग्रेसको शासनकालमा दार्जीलिङ गोर्खा हिल काउन्सिलको गठन भएको थियो, पछि नेपाली भाषालाई राष्ट्र स्तरमा स्वीकृति प्रदान गरियो, पहाड़लाई छैठौंँ अनुसूची अन्तर्गत अन्तरभुक्त गर्न सम्झौता पनि कंग्रेसको शासनकालमा भयो। जीटीए पनि कंग्रेसको शासनकालमा गठन भयो। कांग्रेसले नै सबै पक्षलाई गम्भीरता पूर्वक लिँदै पहाड़को मानिसहरूको हितमा कार्य गरेको छ भनी खत्रीले भने। खत्रीले भाजपाको आलोचना गरे साथै स्थानीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई टीएमसीको बी टीम भन्दै कटाक्ष पनि गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ