खरसाङ, (निसं): यसपालीको विधानसभा चुनावमा खरसाङ्मा सबैले बाहिरबाट होइन तर आफ्नै क्षेत्रका योग्य प्रार्थीलाई चुनावमा उतार्ने धर्म गुरु पेम्बा रिम्पोर्छेले सुझाव दिएका छन्। उनले एक भिडियो जारी गर्दै क्षेत्रीयता तेसै मासिएको होइन भन्दै खरसाङ क्षेत्रमा नै विधायक र सांसद हुने योग्य व्यक्ति भएर पनि सबै पार्टीले बाहिरबाट मगाएर चुनाव लड्नु ठीक होइन भनी बताएका छन्। उनले खरसाङ्मा आफ्नै योग्य व्यक्ति रहेको बताउँदै अब पनि बाहिरबाट मगाएर चुनाव लड्ने गल्ती नगर्ने सुझाव दिएका छन्।
उनले भने, हाम्रो विकल्प छैन, हाम्रो असल विकल्प भनेको नै अजय एडवर्ड्स हो। तर उनले पनि बाहिरबाट मगाएर चुनाव लड्छ भने त्यो गल्ती हुनेछ। तर आफ्नै क्षेत्रमा रहेका योग्य प्रार्थीलाई जिताएर पठाउने तर यसपाली पनि गलत निर्णय गर्नु हुँदैन। उनले यसबाहेक पनि विभिन्न विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले भने, चुनाव नजिक आउँदैछ र सबैजना सक्रिय भईरहेका छन्। तर यसपाली विधायक चुनावमा सबै पार्टीले आफ्नै क्षेत्रमा रहेका योग्य प्रार्थीलाई चुनावमा उतार्नु पर्छ। क्षेत्रीय पार्टीले चियाबारी जीटीएमा पर्दैन भन्नेलाई उठाउन गईरहेका छन् जुन ठीक होइन। जीटीए प्रमुखले सबैलाई सहयोग गरेकोले उनलाई हेरेर भोट नदिनु होस। यसपाली भाजपाले पनि हारे पनि जिते पनि कुनै असर पर्दैन। हाम्रो विकल्प भनेको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट र अजय एडवर्ड्स हुन्। तर उनले पनि बाहिरबाट मगाएर चुनावमा उतार्छ भने हामी तीनवटा समष्टिमा नै स्वतन्त्र प्रार्थी उठाउनेछैाँं। जसले खरसङ्कै उम्मेद्वारलाई नै टिकट दिएर उठाउँछ भने मेरो साथ रहेनछ। तर बाहिरबाट मगाएर चुनाव लड्छ भने बरु जनताले मलाई सहयोग गर्नु होस् म काम गरेर देखाउनेछु।
पेम्बा रिम्पोर्छेले अघि भने, जीटीए असंवैधानिक हो भन्छ तर कसैले केही गर्दैन। बरु सबैले चुनाव जितेर असंवैधानिक जीटीएलाई कोलकोता कि दिल्ली फर्काउनुपर्छ। यसपाली पनि कतिले असमबाट मगाएर चुनाव लड्छ भन्ने हल्ला छ तेसो भए खरसाङ्मा कोही छैन योग्य प्रार्थी सही निर्णय गरेर खरसाङबाट नै योग्य प्रार्थी उठाउनुपर्छ।












