पहाड़ी क्षेत्रमा गड़ेला पालन प्रशिक्षण सम्पन्न

Share this news

खरसाङ, (निसं): कलकत्ता विश्वविद्यालयको जूलजी विभागको आयोजनामा तथा साथी भाई केयर फाउण्डेशनको सहकार्यमा “दार्जीलिङ पहाड़ी क्षेत्रमा हिल स्ट्रीम लोच (गडेला) पालन सम्बन्धी तालिम” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिम बुङ्कुलुङ हनी एण्ड अग्रो प्रोसेसिङ को-ओपरेटिभ सोसाइटी लिमिटेडको भवनमा आयोजना गरिएको थियो। कार्यक्रमलाई नेशनल मिशन अन हिमालयन स्टडिजको समेत सहयोग प्राप्त भएको थियो।कार्यक्रममा डा. राकेस तामाङ, डा. सुमन भुषण चक्रवर्ती लगायत प्राविधिक टोलीको उपस्थिति रहेको थियो। यसको साथै फिल्ड असिस्टेन्टहरू साम्य करण, राजा प्रमाणिक सुरेन थापा तथा रिसर्च स्कलर सृष्टि सुब्बाको पनि सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बिजनबारी कालेबुङ, खरसाङ, लालमाटी, मिरिक (मञ्जु), अम्बटे लगायत विभिन्न क्षेत्रबाट सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसको साथै बुङ्कुलुङ्का स्थानीय व्यक्तित्वहरू पवन सुब्बा, एनबी लिम्बु तथा अन्य सामाजिक कार्यकर्ताहरूको पनि सक्रिय सहभागिता देखिएको थियो। कार्यक्रमको सञ्चालन सुरेन थापाले साथी भाई केयर फाउण्डेशनको तर्फबाट गरेका थिए। यस तालिमको मुख्य उद्देश्य पहाड़ी क्षेत्रमा पाइने हिल स्ट्रीम लोच (गडेला) माछाको संरक्षण, व्यावसायिक पालन प्रवर्द्धन तथा स्थानीय स्तरमा आयआर्जनका अवसरहरू सिर्जना गर्नु रहेको आयोजकहरूले बताएका छन्‌‍। तालिमका क्रममा सहभागीहरूलाई आधुनिक प्रविधि, पालन विधि तथा व्यवस्थापन सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो। कार्यक्रमले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन तथा वातावरणीय सन्तुलन कायम रख्न महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा साथी भाई केयर फाउण्डेशनले सम्पूर्ण सहभागी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ