Sikkim CM religious project
Sikkim CM religious project

सीएम पीएस तामाङद्वारा उर्गेन होड्सेल पेमा छोइलिङ गुम्बाको शिलान्यास

Share this news

गेजिङ–बर्मेकको अप्पर धार्मिक मार्ताममा पूर्वाधारको ऐतिहासिक सुरुवात मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा उर्गेन होड्सेल पेमा छोइलिङ गुम्बाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।यहाँ निर्माण हुन लागेको उर्गेन होड्सेल पेमा छोइलिङ गुम्बाको विधिवत् शिलान्यास कार्यक्रममा परम् पावन क्याब्जे दुङ्जिन ग्यारब रिम्पोछेको पनि उपस्थिति रहेको थियो ।यस बाहेक कार्यक्रममा राज्य विधानसभाका अध्यक्ष एम.एन. शेर्पा मन्त्री भिमाङ सुब्बा क्षेत्र विधायक लोकनाथ शर्मा विधायक सुदेशकुमार लिम्बू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सात करोड पक्पन्न लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त गुम्बा शेर्पा समुदायका साथै सम्पूर्ण सिक्किमका नागरिकका लागि एक महत्वपूर्ण धार्मिक तथा आध्यात्मिक केन्द्र बन्ने विश्वास व्यक्त गरे । मुख्य मन्त्रीले धार्मिक संस्थाहरू समाजमा शान्ति, सद्भाव र नैतिकताको आधारस्तम्भ भएको उल्लेख गर्दै सरकारले यस्ता धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण र विकासलाई उच्च प्राथमिकता दिएको बताए ।वहाँले सरकारद्वारा निर्माण गरिएका सार्वजनिक तथा धार्मिक संरचनाहरूको संरक्षण र उचित व्यवस्थापन गर्नु प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरे । सरकारले पूर्वाधार निर्माण गर्छ तर त्यसलाई जोगाउने र सही ढङ्गले सञ्चालन गर्ने जिम्मा जनताकै हो भन्दै उहाँले गुम्बा निर्माणपछि यसको नियमित संरक्षण र व्यवस्थापनमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

जनतासँग प्रत्यक्ष संवादलाई महत्व दिँदै मुख्यमन्त्री तामाङले कनेक्ट टु सीएम कार्यक्रममार्फत प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी उचित मागहरू क्रमश पूरा गरिँदै आएको जानकारी दिए । साथै राज्यभर वितरण गरिएका ११ हजार अलटमेन्ट अर्डरका लाभार्थीहरूका लागि सन् २०२७ भित्र घर निर्माण कार्य सम्पन्न गरिने लक्ष्य सरकारको रहेको पनि उहाँले स्पष्ट पारे ।क्षेत्रको विकासका विषयमा बोल्दै उहाँले लेगशेप किराँतेस्वर शिव धामको समग्र विकास गुरुकुल सञ्चालन तथा गेजिङ–बर्मेक क्षेत्रका सबै सडकहरूको कार्पेटिङ गर्ने योजना अघि बढिरहेको जानकारी दिए । साथै मार्ताम क्षेत्रमा नयाँ प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिने घोषणा गर्दै यसले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

यस अवसरमा विधायक लोकनाथ शर्माले सन् २०१९ यता गेजिङ–बर्मेक क्षेत्रमा विकासका थुप्रै योजनाहरू कार्यान्वयन भएको उल्लेख गर्दै मुख्यमन्त्रीको नेतृत्वप्रति आभार प्रकट गरेका थिए । समारोहका क्रममा परम् पावन रिम्पोछेले मुख्यमन्त्रीलाई स्मृति चिन्ह प्रदान गरी सम्मान गरेको थियो भने आयोजक समितिले विधायक शर्मालाई पनि सम्मान गरेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा क्षेत्रवासीहरूको सुख शान्ति र समृद्धिका लागि अग्नि पूजा तथा खाण्डो छेवाङको आयोजना गरिएको थियो जसले समस्त प्राणीहरूको कल्याणको कामना गरेको थियो। यसै अवसरमा गुम्बा व्यवस्थापनका लागि नयाँ बोर्ड समिति तथा कार्यकारी निकायको पनि गठन गरिएको आयोजक समितिले जानकारी दिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ