सोमबारदेखि बन्द सिंगला चिया बगान सञ्चालन हुने

Share this news

अक्टोबर महिनादेखि बन्द रहेको सिंगला नर्थ तकभर चिया बगान 23 फरवरी सोमबारदेखि संचालन हुने भएको छ। बन्द सिंगला चिया बगानलाई पुनः सञ्चालनमा ल्याउने विषय लिएर गत 9 फरवरीको दिन बैठक सम्पन्न भएको थियो तर बैठकमा कुनै निचोड आउन नसक्दा आज पुनः सह श्रमायुक्तको कार्यालयमा बैठक डाकेको थियो। बैठकमा धेरै लामो चर्चा परिचर्चापछि 23 फरवरी सोमबारदेखि सिंगला चिया बगान संचालन गरिने सहमति भएको छ।

बगानमा स्टाफ सब स्टाफहरू धेरै रहेको मालिक पक्षले गुनासो पोखेपछि 7 जना सब स्टाफहरूले आफ्नो इच्छाले त्याग पत्र दिने आजको बैठकमा घोषणा गरे। तर ती सब स्टाफहरूले त्याग पत्र दिएकै दिन उनीहरूले पाउने ग्रेज्युटीको आधा अंश त्यसै दिने अनि रहल राशी चार महिनाभित्रमा भुक्तान गर्ने तर त्याग पत्र दिएका स्टाफहरूले चार महिनाभित्रमा रहल राशी नपाएको खण्डमा उनीहरू आफ्नो काममा पुनः फर्किने आजको बैठकमा सहमति भएको छ।

त्यसरीनै बगानमा कार्यरत स्टाफहरूको एक महिनाको वेतन र श्रमिकहरूले पाउने रोजी 27 फरवरीभित्रमा भुक्तान गरिने आजको बैठकमा सहमति भएको छ। आजको सहमति पत्रमा बगानबाट त्याग पत्र दिने 7 जना स्टाफहरूलाई कम्पनीको पक्षबाट 35 हजार रूपिया गरेर 28 मार्चभित्रमा क्षतिपूर्ति प्रदान गर्ने भएको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङले जनाएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ