रेलिङ गाउँ सुधारद्वारा नागरिक सम्मान

Share this news

दार्जीलिङ, 1 फरवरी (निसं): रेलिङ गाउँ सुधार समाज (पूर्व धर्म समाज )-को बार्षिक आमसभामा समाजका कर्मठ दुइ सदस्यहरूलाई नागरिक सम्मानले सम्मानित गरियो। गाउँ सुधार समाजका सभापति एमबी गुरूङको अध्यक्ष्यतामा सम्पन्न सभामा बिष्णुकान्ता शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा समाजका कर्मठ सदस्यद्वय क्रमशः आशबहादुर खालिङ अनि गर्जमान राईलाई समाजप्रति दिएको योगदान, निष्ठा अनि ईमानदारीको कदर गर्दै नागरिक सम्मान गरियो । उनीहरूलाई समाजका सभापति एमबी गुरूङ, उपसभापति रणबहादुर गुरूङको बहुलीबाट खादा, शिर शोभा पहिराएर सम्मान पत्रद्वारा सम्मानित गरियो।आश बहादुर खालिङअनि गर्जमान राईले गत दिनहरूमा समाजमाथि आएको उतार-चढाउ हुँदा पनि अडिक भएर विभिन्न कार्यहरू समाजमा परेको बेलामा विपरीत परिस्थितिमापनि समर्पित बनेर जिम्मेवारी वहन गर्दै आइरहेका छन। उनीहरूले निस्वार्थ रूपमा आफ्नो कर्तव्यनिष्ठा  पूर्वक आफ्नो जिम्मेवारी पालन गरेको छ। यसका साथै उनीहरूको समाजप्रतिको सोँच, विचार अनि योगदान अति नै सराहनीय रहेका छन् । यसरी आफुहरूलाई सम्मान जनाएकोमा खुशी लागेको भन्दै सम्मानितद्वय आशबहादुर खालिङ अनि गर्जमान  राईले समाजप्रति आभार प्रकट  गरेको गाउँ सुधार समाज पुर्व  (धर्म समाज)-को तर्फबाट जनाएकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ