मर्मतले झन भत्कियो चिल्ड्रेन पार्क

Share this news

दार्जीलिङ,22 फरवरी(निसं): लाखौं रुपियाँद्वारा मर्मत गरिएको दार्जीलिङ रेड क्रस चिल्ड्रेन पार्क नवीनीकरण होइन झन भत्किएर, अव्यवस्थित र कुरुप भएकोछ। दार्जीलिङ  नगरपालिका 15 नम्बर वार्ड अन्तर्गत पर्ने रेडक्रस चिल्ड्रेन पार्कको अवस्था पहिलाको भन्दा धेरै बिग्रन्दै गइरहेको छ। दार्जीलिङ रेड क्रस सोसाइटीको दार्जीलिङ ब्राञ्ज कार्यालयको प्रांगणमा रहेको यो रेड क्रस चिल्ड्रेन पार्कको पुरानो गरिमामय अनि बलियो बालक्रीडा सामग्रीहरू हटाएर सस्तो अनि कमजोर सामग्रीहरू लगाएकोले गत केही महिनाअघि यस रेडक्रस पार्क-भित्र भएको नानीहरू खेल्ने फलामको पिङ भत्किएर दुर्घटना हुन पुगेको जानकारीछ। हाल यो भत्किएको फलामको पिङलाई पार्कको एक कुनामा थन्काई दिएको देखिन्छ साथै पिङको अवस्था हेर्दा त्यस घटनामा बालबालिकाहरू घाइते भएको स्पष्ट रहेको स्थानीय मानिसहरु बताउँछन्। पिङ खेल्ने झुला एकातिर फ्याँकिएको छ अर्कोतिर भाँचिएको पिङ फ्याँकिएको छ, झट्ट हेर्दा यसलाई खतरनाक अवस्थामा रहेको फलामको टुक्राहरू देखिन्छ। दार्जीलिङ सहर बीचमा रहेको यो चिल्ड्रेन पार्कको मर्मतको निम्ति लगभग 25 लाख रुपियाँ जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)-ले अनुमोदन गरिदिएको पन स्थानीय मानिसहरु बताउछन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ