यस पल्ट पहाड़ले भाजपालाई झुक्याउन पर्छ- अनित

Share this news

सोनादा, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्तमेरिज समष्टिको कर्मी सभा मार्गरेट्स होपमा सम्पन्न भएको छ। यस कर्मी सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा, महासचिव अमर लामा, उपाध्यक्ष प्रमोस्कर ब्लोन, खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री लगायत पञ्चायत समिति सदस्य, पञ्चायत सदस्य, समष्टिको नारी, युवा, ट्रेड युनियन लगायत विभिन्न भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस कर्मी सभामा स्वागत सम्भाषण क्षेत्रीय सभासद नुरी शेर्पाले राखेका थिए।

यसै कार्यक्रममा टुंग सन्त मेरिज समष्टि अन्तर्गत सिंगेल चियाबारीको सात नम्बर गाउँ क्षेत्रबाट अन्य पार्टीबाट लगभग 30 परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्‌‍। सामेल हुनेहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा र क्षेत्रीय सभासद नुरी शेर्पा र अन्यको बाहुलीबाट खदार्पणसहित पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत गरिएको छ।

टुंग सन्त मेरिज समष्टिमा आयोजित कर्मी सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीएको प्रमुख कार्यपाल अनित थापाले भने, पहाड़ले भाजपालाई भोट दिएर जिताएको 20 वर्ष भयो, भाजपाले पहाड़लाई झुक्काएको पनि 20 वर्ष भयो। तर जसरी भाजपाले 20 वर्षसम्म झुक्कायो अब त्यसरी नै पहाड़ले भाजपालाई पनि झुक्काउनुपर्छ। टुंग सन्त मेरिज समष्टिले पनि झुक्काउनुपर्छ। नत्र हामी सदैव झुक्केको झुक्केकै भएर गन गन गर्दै बस्नु मात्र हुन्छ।

अनित थापाले अघि भने, पहाड़को तीनजना विधायकहरुले सरकार बनाउन सक्दैन अनि सरकार ढाल्न पनि सक्दैन तर सरकारसित मिलेर काम गर्न सक्छ। जनताको लागि विकास गर्नलाई विधानसभामा जनताको आवाज उठाउन सक्छ। त्यसैले पहाड़को लागि हाम्रो तीनजना विधायकहरुलाई भोट हाल्नु पर्छ। अनित थापाले अझ भने, संसदको भोटमा गोपाल लामालाई आफ्नै गाउँले पनि झुक्कायो। गोपाल लामा जस्तो इमान्दार, शिक्षित, अनुभवी व्यक्तिलाई झुक्कायो र हरायो। तर जसले भोट पाएर जितेर गयो धन्यवाद भन्नु पनि आएन। भाजपाले भोट पनि माग्दैन, धन्यवाद भन्नु पनि आउँदैन तर पनि जित्छ, यसपाली त्यस्तो हुनु हुँदैन। 86 सालदेखि नै बंगाल हाम्रो चिहान भन्ने चलन छ। त्यो मानसिकता परिवर्तन गर्न आवश्यक छ। टुंग सन्तमेरिज समष्टि दर्जीलिङ जिल्लामा पर्छ अनि दार्जीलिङ बंगालभित्र पर्छ। तब म सरकारसित मिलेर काम गरेको हो कारण हामी बंगालमा बस्छौँ। बंगालमा बसेपछि बंगालसित मिल्नुपर्छ। तर बंगालमा बसेर दिल्लीसित मिलेर हुँदैन। बिहार र आसामसित मिलेर हुँदैन। जीटीए प्रमुख अनित थापाले टुंग सन्तमेरिज समष्टिभित्र रहेका विद्यालयहरुको नयाँ भवन निर्माण गरिने पनि वाचा सभामा गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ