सामाजिक सञ्जालमा विभिन्न तरिका अपनाउदै ठगहरू सक्रिय

Share this news

खरसाङ,  (निसं)ः वर्तमानमा सामाजिक सञ्जालमा विभिन्न तरिका अपनाउदै ठगहरू सक्रिय रहेका छन्‌‍। सामाजिक सञ्जाल मार्फत सम्पर्क स्थापित गरेर यस्ता ठगहरूले साधरण मानिसहरूलाई ठग्ने प्रयास गरेका घटनाहरू प्रकाशमा आएका छन्‌‍। कतिपयले मोबाइल नम्बरमा लटरी पऱ्यो भनी ठग्ने प्रयास गरेका छन्‌‍ भने कतिपयले आफ्नोमा धेरै सम्पती रहेको भन्दै उक्त सम्पत्तिको केही अंश दान गर्ने भनी ठग्ने प्रयास गरिरहेका छन्‌‍। कतिपयले नोट बनाउने कार्यमा संलग्न रहने प्रस्ताव दिँदै ठग्ने प्रयास गरिरहेका छन्‌‍। यसै गरी कतिपयले सामाजिक सञ्जाल मार्फत सम्पर्क स्थापित गरेर भिडियो कल गरी उक्त भिडियो कलमा आपत्तिजनक तरिकाले प्रस्तुत भएर यसको रिकर्डिङ गरी ठग्ने प्रयास गरेका घटनहरू पनि प्रकाशमा आएका छन्‌‍। वर्तमानमा अर्को एक तरिका पनि ठगहरूले अपनाइरहेका छन्‌‍। यस्ता ठगहरूले आफूसित धेरै धेरै परिमाणमा सुन रहेको र उक्त सुन बिक्री गर्नलाई समस्या भएको भन्दै ठग्ने प्रयास गरिरहेका घटना पनि प्रकाशमा आएको छ। घटना अनुसार खरसाङ्का एक व्यक्तिलाई सामाजिक सञ्जाल मार्फत मित्र बनाएपछि उक्त ठगले मेसेञ्जरमा सम्पर्क स्थापित गरेका थिए। ठगले मेसेञ्जरमा बातचीत गरेपछि मेसेञ्जरमा फोन नम्बर मागेका थिए। फोन नम्बर मागेपछि उक्त ठगले आफूले एउटा निर्माण कार्य गर्दा धेरै सुन भेटेको, भेटेको सुनलाई पगालेर राखेको तर बिक्री गर्न नसकिरहेको बताउदै सुन खरिद गर्नलाई प्रस्ताव दिएका थिए। ठगले सुन खरिद गर्न अघि 10 ग्रा सित्थैमा दिने र उक्त 10 ग्राम असली सुन रहेको खण्डमा मात्र थप सुन खरिद गर्ने प्रस्ताव समेत दिएका थिए। यसै बीच घटले सुनको फोटो समेत खरसाङ्का व्यक्तिलाई सामाजिक सञ्जाल मार्फत पठाएका थिए। खरसाङ्का उक्त व्यक्तिले यो ठगीको प्रयास हो भनी थाहा पाएर पनि यस ठगीको विषयमा अधिक जानकारी लिनको निम्ति उक्त ठगसित बातचीत गरे। ठगले 10 ग्राम सुन लिनलाई असमको गुवाहाटी आउने प्रस्ताव दिए। खरसाङ्का उक्त व्यक्तिले गुवाहाटी आउनको निम्ति आफूसित समय र खर्च नरहेको बताउदै ठगलाई 10 ग्राम सुन कुरियर गरेर पठाइदिने आग्रह गरेपछि फोन गर्न छोड़ेका थिए। यस प्रकार वर्तमानमा सामाजिक सञ्जाल जनमानसमा लोकप्रिय बनेको छ। अहिले प्रत्येक स्तरका मानिसहरू सामाजिक सञ्जालमा सक्रिय रहने गरेका छन्‌‍। यसरी सामाजिक सञ्जालमा ठगहरू पनि विभिन्न तरिका अपनाएर सक्रिय रहेकाले पूर्ण सतर्कताको साथमा सामाजिक सञ्जाल प्रयोग गर्न पर्ने आवश्यकता देखिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ