पैसा फिर्ता पाउनलाई चीटफण्ड निवेशकहरूले अनलाईन फारम भर्नु पर्ने

Share this news

खरसाङ,  (निसं): चीटफण्डका निवेशकहरूको पैसा फर्काइन्दैछ, निवेशकहरूले आफ्नो पुञ्जी फिर्ता पाउनको निम्ति जस्टिस एसपी तालुकदारको वेब साइटमा अनलाईन फारम भर्न पर्नेछ भनी चीटफण्ड निवेशकहरूको पक्षमा मुद्दा लड़िरहेका कलकत्ताका एक अधिवक्ता अरिण्डम दासले आफ्नो सामाजिक सञ्जाल आईडीमा पोष्ट गरेका छन्‌‍। तिनले बताए अनुसार जम्मा 55 वटा चीटफण्ड कम्पनीहरूमा डुबेको निवेशकहरूको रकम फिर्ता गर्नको निम्ति प्रक्रिया चलिरहेको छ। यसको निम्ति निवेशकहरूले जस्टिश एसपी तालुकदारको वेब साइटमा गएर अनलाईन फारम भर्न पर्ने र अघिबाटै फारम भरेका 21 वटा कम्पनीका कतिपय निवेशकहरूको पैसा फर्काइएको अधिवक्ताले दावी गरेका छन्‌‍।

यस बारेमा बताउदै चीट फण्ड पीड़ित जनता सङ्गठनका अध्यक्ष नरेन्द्र प्रधानले भने, चीट फण्डका निवेशकहरूको पैसा फर्काउनको निम्ति गठन गरिएको एक सदस्यीय जस्टिश एसपी तालुकदार कमिटीले गरेको कार्य अनि कलकत्ता उच्च न्यालयमा निवेशकहरूको पैसा फिर्ताको निम्ति मुद्दा लड़ेका अधिवक्ताहरूको मेहनतको नतिजाको कारण उच्च न्यालयले दिएको निर्देश अनुसार निवेशकहरूको पैसा फर्काउन शुरु गरिएको छ। वर्तमानमा 55 वटा विभिन्न चीटफण्ड कम्पनीका निवेशकहरूको पैसा फर्काउनको निम्ति प्रक्रिया चलिरहेको छ। यी मध्ये कतिपय कम्पनीका निवेशकहरूको पैसा फर्किएको पनि छ। निवेशकहरूले आफ्नो निवेश गरिएको पुञ्जी फिर्ता पाउनको निम्ति जस्टिश एपपी तालुकदारको वेब साईटमा गएर अनलाईन फारम भर्न पर्नेछ। अनलाईन फारम भर्ने क्रममा मागिएका कागज पत्र पनि अपलोड गर्न पर्नेछ। अनलाईन भरिएको फारम जस्टिस एसपी तालुकदार कमिटीले अनुमोदन गरेपछि निवेशकहरूको ब्याङ्क खातामा पैसा पस्नेछ।

तिनले यो अनलाईन प्रक्रिया अघिबाटै आरम्भ भएको भए तापनि पहाड़का मानिसहरूले जानकारीको अभावमा अनलाईन फारम भर्ने कार्य नगरेको बताउदै निवेशकहरूले आफ्नै घरबाट, कुनै क्याफेमा गएर अथवा कसैको सहयोगमा फारम भर्न सक्नेछन्‌‍। फारम भर्दा क्याफेमा केही शुल्क अवश्यै लिनेछन्‌‍। यसको अतिरिक्त कसैलाई एक पैसा दिन पर्दैन भनी बताए। नरेन्द्र प्रधानले चीटफण्ड पीड़ित जनताको पक्षबाट आफू धेरै चोटी कलकत्ता पुगेर जस्टिस एसपी तालुकदार कमिटीलाई भेटेको र कलकत्ता उच्च न्यायलयका अधिवक्ताहरूसित यस बारेमा चर्चा गरेको बताउदै चीटफण्डका निवेशकहरूको पैसा फर्किनुमा जस्टिस एसपी तालुकदार कमिटीको कार्य अनि यस मामिलामा मुद्दा लड़िरहेका वकिलहरूको मेहनतको कारण पैसा फर्किन सम्भव बनेको हो भनी बताए।

तिनले कसैले कलकत्ता जान पर्छ अथवा हामीले पैसा फर्काउनको निम्ति काम गरेका हौँ भनी पैसा मागेको खण्डमा निवेशकहरूले पैसा दिनु हुँदैन भनी बताए। तिनले खरसाङ लगायत पहाड़का निवेशकहरूको कड़ोरौँ रुपियाँ विभिन्न चीटफण्ड कम्पनीमा डुबेको पनि बताउदै निवेशकहरू मध्ये धेरैले आफ्नो जीवनभर कमाएको पैसा पनि यस्ता कम्पनीमा निवेश गरेर सर्वस्व गुमाएका छन्‌‍ भनी बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ