चाँद एफसी सेमी फाइनमा पुग्ने पहिलो टीम

Share this news

तीनधारे,  (निसं): चाँद एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा गत 3 जनवरीदेखि घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको पहिलो क्वाटर फाइनल खेल शुक्रबार चाँद एफसी र फ्रेण्ड्स क्लब नयाँ बस्तीमाझ सम्पन्न भएको थियो।

यस पहिलो क्वाटर फाइनल खेलको पहिलो हाफमा चाँद एफसीको तर्फबाट जर्सी नम्बर 9 आर्यन शर्माले गोल गरेर बढ़त बनाएका थिए। पहिलो हाफको खेल 1-0 को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफको खेलमा पनि चाँद एफसीले अधिकांश समय बल खुट्टामा लिएका थिए भने लगातार रुपमा गोल गर्ने प्रयास जारी राखेका थिए। तर फ्रेण्ड्स क्लबको गोल किपर रमेन रोयले लगातार रुपमा रक्षा गर्दै एकभन्दा अधिक गोल हुन दिएन।

अर्कोतिर फ्रेण्ड्स क्लबको तर्फबाट पनि केही अवसरहरु सृजना गरे पनि गोल भने गर्न सकेन। निर्धारित समयसम्म पनि फ्रेण्ड्स क्लबले कुनै गोल नगरेपछि खेल 1-0 को अन्तरले जितेर चाँद एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने पहिलो टिम बनेको छ।

यस खेलमा गोल गरेर आफ्नो टिमलाई सेमी फाइनलमा प्रवेश गराउने चाँद एफसीको जर्सी नम्बर 9 आर्यन शर्मालाई म्यान अफ्‌‍ द म्याच घोषित गरिएको छ। उनलाई अतिथिको रुपमा उपस्थित उषाकिरण मल्टिपर्पोस वुमेन्स को-ओपरेटिभ सोसाइटीको को -अर्डिनेटर सीता राईको बाहुलीबाट ट्रफि प्रदान गरिएको छ। अब शनिवार 17 जनवरीमा हुने दोस्रो क्वाटर फाइनल खेल सिविटार एफसी र मिक्स अफ्‌‍ बोइज खरसाङ्माझ सम्पन्न हुने भएको छ।

घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ। यस टुर्नामेन्टमा जम्मा 16 वटा टिमहरुले सहभागिता जनाएका छन्‌‍ अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ। यस फुटबल टुर्नामेन्टमा अतिथिको रुपमा भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको सचिव पूर्व सैनिक राम थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। त्यसरी नै उषाकिरण मल्टिपर्पोस वुमेन्स को-ओपरेटिभ सोसाइटीको को -अर्डिनेटर सीता राई, सचिव पुनम लामा, आईबी रेखा गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ