Nepali Literature event Champasari
Nepali Literature event Champasari

चम्पासरी नेपाली साहित्य परिषदको ३०औं मासिक प्रकरण आयोजित

Share this news

स्व.लक्ष्मण श्रीमल,स्व.समीरन छेत्री,श्रीमती सुषमा गुरुङ तथा डा. जीवन राणाको अथक प्रयास पछि सन् २०११ को वसन्त पञ्चमीका दिन शुरुवात भएको चम्पासरी नेपाली साहित्य परिषदले ३०औं मासिक अंक २८ मार्च२०२६, शनिवारका दिन भव्यताका साथ चम्पासरी बाबुबासा स्थित श्री दुर्गा मन्दिर प्रांगणमा सुसम्पन्न गर्‍यो। भेलाको अध्यक्षता संस्थाकै अध्यक्ष श्रीमती सुषमा गुरुङले गरेकी थिइन्। प्रमुख अतिथिको रुपमा डा. जीवन राणा तथा विशिष्ट अतिथिको रुपमा श्रीमान मनोज एकलकाँटेको उपस्थिति थियो।

अतिथिको रुपमा सर्वश्री शशीधर शर्मा, लीला बिष्ट, लीला छेत्री थापा, धनकुमारी उप्रेती, अन्जु थापा, पवित्रा छेत्री, पण्डित दामोदर बास्तोला रहेका थिए। दीप प्रज्ज्वलन तथा मंगल्लाचरणपछि लीला जोशीले स्वागत भाषण गरेकी थिइन्।यस मार्च महिनामा जन्म तिथि तथा पूण्यतिथि पर्ने सर्जकहरुलाई सम्झना तथा एकमिनट मौन धारण गर्दै सम्मान प्रकट गरियो।कार्यक्रममा मनोज एकलकाँटे, मोहन अधिकारी, नीरा भट्टराई, तिलोत्तमा शर्मा, लीला जोशी, सन्जीव श्रीमल तथा प्रदिप खतिवड़ाले कविता तथा निर्मला न्यौपाने र सुशाीला शर्माले भजन प्रस्तुत गरेर भेलाको शोभा बढाएका थिए।

प्रमुख अतिथि डा.जीवन राणाले आफ्नो वक्तव्यमा चनेसपालाई बहुमुल्य सुझाव दिंदै मासिक भेलामा वाचन गरिने कविता, कथा आदिलाई समेटेर आगामी ५०औं अंकमा चम्पासरी नेपाली साहित्य परिषदले एउटा पत्रिका प्रकाशन गर्नु पर्नेमा जोड़ दिए। त्यसरीनै चनेसपाका कार्यकारी अध्यक्ष कर्णल केशव राईले आफ्नो जन्मथलो, बुवा तथा आफ्नो बाल्यकालको सुन्दर वर्णन गरे। लीला थापा छेत्रीले ॐको बारेमा जानकारी दिइन्। ‘चनेसाप’ का सचिव प्रदिप खतिवड़ाद्वारा सञ्चालित कार्यक्रमको अन्तमा अध्यक्ष सुषमा गुरुङले आफ्नो वक्तव्यमा साहित्यमा सबैलाई समेटेर लैजानु पर्नेमा जोड़ दिंदै भेलामा उपस्थित महानुभावहरूलाई एकमुष्ठमा धन्यवाद ज्ञापन गरिन्।। ‎

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ