मिरिक नगरपालिका अध्यक्ष एल.बी. राईले एक जरुरी जानकारी सार्वजनिक गर्दै आगामी १५ फेब्रुअरीदेखि २६ फेब्रुअरीसम्म मिरिक नगरपालिका अन्तर्गतका वार्डहरूमा बसोबास गर्ने बेरोजगार युवाहरूलाई युवा श्री योजना अन्तर्गत आवेदन दिन अनुरोध गरेका छन्।
उक्त योजनाका लागि आवेदन प्रक्रिया Mirik SDO Office (महकुमा कार्यालय) मा सञ्चालन गरिनेछ। इच्छुक युवाहरूले आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित भई फारम भर्न सक्नेछन्।
आवश्यक कागजातहरू:
1. आधार कार्ड (मोबाइल नम्बर लिंक भएको अनिवार्य)
2. माध्यमिक उत्तीर्णको रिजल्ट, सर्टिफिकेट र एडमिट कार्ड
3. बैंक खाताको पहिलो पृष्ठको फोटोकपी
4. मतदाता परिचयपत्र (भोटर कार्ड)
5. राशन कार्ड तथा डोमिसाइल प्रमाणपत्र
6. पासपोर्ट साइज फोटो – २ प्रति
7. मोबाइल नम्बर (अनिवार्य)
नगरपालिका अध्यक्ष राईले तोकिएको मितिभित्र सबै योग्य बेरोजगार युवाहरूलाई आवश्यक कागजातसहित उपस्थित भई आवेदन दिन आग्रह गरेका छन्।












