जातपात र छुवाछुतको कारण जीउँदै मानिसको अन्त्येष्टि

Share this news

खरसाङ, (मोहन प्रसाद): अहिलेको युगमा पनि जातपात र छुवाछुत जस्ता घटनाहरू पटक-पटक विभिन्न समाजिक सञ्जाल मार्फत्‌‍ वा खबरहरूमा सुन्नमा आइरहेका छन्‌‍।
यस्तै एउटा घटना खरसाङ महकुमा अन्तर्गत सिटोङ क्षेत्रबाट जान्नमा आएको छ, जहाँ जातपात र छुवाछुतको कारण एउटा नव विवाहित दम्पतीलाई कथित रूपमा विभिन्न मानसिक यातना दिइएको जानकारी पाइएको छ।
उक्त घटनालाई लिएर खरसाङ पुलिस थानामा एउटा मुद्दा पनि दर्ता भएको छ भने कतिपय सचेत व्यक्तिहरू अनि समाज उक्त घटनाको घोर निन्दा अनि भत्सर्ना गर्दै अघि आएका छन्‌‍।

खरसाङ विश्वकर्मा समाजद्वारा शुक्रवार खरसाङ एडिशनल एसपीलाई एउटा ज्ञापन पत्र सुम्पिदै अनुसूचित जाति साथै अनुसूचित जनजाति अत्याचार निवारण एन अनुसार यथाशीघ्र न्यायिक जाँच गरेर दोषीहरूलाई कानुनी कार्वाही गर्नु पर्ने माग गरिएको छ।
खरसाङ्मा पत्रकारहरूसित बोल्दै विश्वकर्मा समाजका अध्यक्ष निर्मल कुमार गहतराज अनि सक्रिय प्रतिनिधि विनोद रसाइलीले जनाए अनुसार, खरसाङ खण्ड अन्तर्गत सिटोङ 3 ग्राम पञ्चायत अन्तर्गत थामडाँड़ा गाउँ निवासी रोजन छेत्री अनि सुष्मा विश्वकर्मा माझ अन्तरजातीय प्रेम विवाह भएको थियो ।

विवाहलाई लिएर त्यस क्षेत्रका कतिपय गाउँ समाज अनि जातीय संगठनहरूद्वारा विवाहित दम्पतीलाई अमानवीय, असंवैधानिक व्यवहार गरेकोमा खरसाङ विश्वकर्मा समाजले घोर भत्सर्ना गर्दछ। जीवित मानिसको अन्त्येष्टि अनि सामाजिक बहिष्कार गरेकोमा भारतको ऐन अनुसार यथाशीघ्र न्यायिक जाँच साथै दोषीहरूलाई कानुनी कार्वाही गर्नु पर्ने माग गर्दछ। उक्त घटनाले केवल पीड़ित परिवारलाई मात्र नभएर सम्पूर्ण अनुसूचित जातिलाई नै घोर अपमान गरेको छ। देशको संविधान अनुसूचित जातिको स्वाभिमानको सुरक्षा साथै उत्पीड़न विरुद्ध सशक्त हुँदा हुँदै पनि यस्तो जातपातको असभ्य घटना हुनु एउटा सभ्य समाज अनि कानुन व्यवस्थाप्रति लज्जास्पद घटना हो।

समाज पक्षबाट उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै निष्पक्ष जाँच अनि कड़ा कार्वाहीको माग गरिएको छ। समाजमा स्नेह अनि सामाजिक सदभावना बनिरहोस्‌‍ साथै कानुन प्रति आस्था अनि सम्मान यथावत्‌‍ रहोस्‌‍ भन्ने समाजका प्रतिनिधिहरूको भनाइ छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ