अस्पतालका अस्थायी कर्मचारीहरूले सभासद् श्याम शेर्पासित भेटेर समस्याहरू सुनाए

Share this news

खरसाङ,  (निसं)ः खरससाङ महकुमा अस्पतालका अस्थायी कर्मचारीहरूले खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ एवं खरसाङ्क क्षेत्रका स्वस्थ्य एवं परिवार कल्याण्ड विभागका भारप्राप्त सभासद्‌‍ श्याम शेर्पासित भेट गरेर विविध समस्याहरूको बारेमा अवगत गराएका छन्‌‍।

मंगलवार अस्पतालमा कार्यरत अस्थायी कर्मचारीहरू सभासद्‌‍ शेर्पालाई भेटन तिनको निवासमा पुगेका थिए। कर्मचारीहरूले सभासद्लाई अहिलेसम्म झेल्दै आएका विविध समस्याहरूबारे जानकारी गराउदै समस्या समाधानको निम्ति सहयोगको अनुरोध गरे। सभासद्‌‍ शेर्पाले सौहार्दपूर्ण वातावरणमा कर्मचारीहरूको समस्या गम्भीरतापूर्वक सुनेपछि समाधानको पहल अवश्यै गर्ने कर्मचारीहरूलाई आश्वस्त पार्दै यी विषयलाई जीटीए चिफ समक्ष राखेर समाधान गरिदिने आश्वासन दिए। तिनले यी विषयहरूमा जीटीए चिफसित कुरा गर्नको निम्ति समय मिलाएर प्रत्यक्ष भेट गराइदिने पनि सभासद्ले कर्मचारीहरूलाई आश्वासन दिए। खरसाङ महकुमा अस्पतालमा रहेका समस्या अनि कर्मचारीहरूले भोगिरहेका समस्याहरूलाई रोगी कल्याण समितिमा राखिदिने पनि सभासद्ले कर्मचारीहरूलाई आश्वस्त गराए।

अस्पतालमा रहेको अनि कर्मचारीहरूले भोगिरहेका समस्याको विषयमा बताउदै सभासद्‌‍ श्याम शेर्पाले हिमालय दर्पणलाई भने, मंगलवार खरसाङ महकुमा अस्पतालका अस्थायी कर्मचारीवर्गले अस्पतालमा रहेका समस्या अनि तिनीहरूले भोग्दै आइरहेका समस्याहरूको जानकारी मसित भेट गरेर गराएका छन्‌‍ अनि समाधानको निम्ति अनुरोध पनि गरेका छन्‌‍। कर्मचारीहरूको समस्या मैले राम्ररी बुझेको छु अनि तिनीहरूको माग पनि सही रहेको छ। यी समस्या समाधानको निम्ति मैले सकेसम्म प्रयास गर्नेछु अनि समस्याको समाधानको लागि कर्मचारीहरूलाई लगेर जीटीए चिफ अनित थापासित पनि भेटघाट गराउनेछु। कर्मचारीहरूलाई पनि आ-आफ्नो दायित्व निष्ठापूर्वक निभाइदिने, अस्तपालमा रोगीहरूको सेवामा निरन्तरता दिने अनुरोध गरेको छु।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ