Captain Jintu Gogoi
Captain Jintu Gogoi

विवेक गुरुङ २१औँ क्याप्टेन जिन्टु गोगोई वीर चक्र फुटबलमा चर्चित बन्दै

Share this news

अरुणाचल प्रदेशको चाङ्लाङ जिल्लाअन्तर्गत नम्पोङका प्रतिभाशाली फुटबल खेलाडी विवेक गुरुङ हाल भारतीय सेनाले आयोजना गरेको २१औँ क्याप्टेन जिन्टु गोगोई वीर चक्र स्मृति फुटबल प्रतियोगिता भारतको तेल नगरी असमको डिगबोईमा उत्कृष्ट प्रदर्शन गर्दै चम्किरहेका छन्।

Betmela FC, Chabua का तर्फबाट खेलिरहेका विवेकले दुई लिग खेलमा ४ गोल र ४ असिस्ट गरेका छन्। यसले टोलीको सफलतामा निर्णायक भूमिका निभाएको छ। फेब्रुअरी ०४ मा Rhino Sports Club विरुद्ध टोलीले ७–० को फराकिलो जित निकाल्यो भने फेब्रुअरी १० मा Duliajan Football Academy लाई ६–१ ले पराजित गर्‍यो। लगातार दुई जितपछि Betmela FC सेमिफाइनलमा प्रवेश गरिसकेको छ। सेमिफाइनल खेल भारतको यो तेल नगरी असमको डिगबोई, Digboi Jubilee Ground मा १२ फेब्रुअरी २०२६, बेलुकी ५:३० बजे हुनेछ।

टोलीमा चाङ्लाङ जिल्लाकै मियाओका Chawjung Chithan, डुम्बाका Dorjee Tsewang, नम्पोङकै Daniel Gurung, साथै CCFC का सहकर्मी Olik Tayeng र Hage Sarbo समेत सहभागी छन्।

विवेक गुरुङको यो शानदार प्रदर्शनले नम्पोङ मात्र होइन, समग्र चाङ्लाङ जिल्लाको र भारतको गौरव बढाएको छ। उहाँको मेहनत, लगनशीलता र खेलप्रतिको समर्पणले आगामी दिनमा अझ ठूलो सफलता दिलाउने विश्वास गरिएको छ।

भारतीय सेनाले आयोजना गर्ने यो प्रतियोगिता युवा खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर दिन्छ र भारतको फुटबल र खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने महत्त्वपूर्ण मैदान भएको चन्दन गुरूङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ