सिटिजन एक्सन पार्टी-सिक्किमको वेस्ट पानडाम निर्वाचन क्षेत्रको क्षेत्र स्तरीय समन्वय सभा सिटिजन एक्सन पार्टीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा केन्द्रिय समितिबाट भुषण अधिकारी उपाध्यक्ष राजनीतिक मामला, दीपेन्द्र राई उपाध्यक्ष सिटिजन एक्सन पार्टी, जर्बो लेप्चा अधक्ष्य मङ्गन जिल्ला, कर्मा भुटिया अध्यक्ष ठेकेदार संघ, गजेन्द्र राई अध्यक्ष पाक्योङ्ग जिल्ला साथै जिल्लाका पदाधिकारी लगायत क्षेत्रीय स्तरका सदस्यहरुका सक्रिय उपस्थिति रहेको थियो।
वक्तव्यको क्रममा पार्टी अध्यक्षले निडर भई सबैलाई अघि बढ्ने आवहान गरे। संविधानले दिएको अधिकारलाई निडर भई प्रयोग गर्नु पर्छ अनि असत्यमाथि आवाज उठाउन सक्नु पर्छ भन्ने कुरामा जोर दिए। पार्टीले सत्तामा आएपछि कुनै जोइनिङ्ग कार्यक्रम नराख्ने कुरा बताए। यसैले अहिले खट्नु हुने कार्यकर्ताहरूले न्याय पाउने वाचा पनि गरे।
राजनीतिक मामिलाका उपाध्यक्ष भुषण अधिकारीले आफ्नो मन्तव्यमा प्रजातान्त्रिक प्रणालीमा हाम्रो सरकार रहे तापनि जनताले आफ्नो अधिकारको उपभोग गर्न नसकेकोमा अब यस्तो सहनु हुँदैन भन्दै सिटिजन एक्सन पार्टी सत्तामा आएपछि यो सबै कुराको पार्टीले ध्यान दिने कुरा बताए। सभामा पाक्योङ्ग जिल्लाका महासचिव मोहन छेत्री जिउले सभामा उपस्थित हुन आउने हाम्रो कार्यकर्ताहरुलाई रोकिएकोमा खेद प्रकट गरे। सभामा 18 वेस्ट पानडाम निर्वाचन क्षेत्रका अन्य वक्ता पी आर राई उपाधक्ष्य पक्योंग जिल्ला साथै श्रीमति इन्दिरा प्रधानले पनि सम्बोधन गरेका थिएl कार्यक्रमको संचालन बोदन शर्मा अध्यक्ष 18 वेस्ट पानडामले गरेका थिए भने धन्यवाद ज्ञापन राम बहादुर छेत्रीले गरेका थिए।











