Bimal Gurung campaign Darjeeling
Bimal Gurung campaign Darjeeling

गोजमुमो अध्यक्ष गुरुङद्वारा नोमन राईको पक्षमा लेबुङ बदमताममा प्रचार

Share this news

दार्जिलिङ विधानसभा क्षेत्रमा गोजमुमो का युवा मोर्चा अध्यक्ष श्रीमान नोमन राईले टिकट पाए पश्चात मोर्चाका केन्द्रिय अध्यक्ष श्रीमान बिमल गुरुङले दार्जीलिङ बिधान सभा क्षेत्रका समष्ठिहरूमा आफ्नो जनसमर्थकहरूलाई भेटघाट गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै आज लेबुङ बदमताम समष्ठि अन्तर्गतका तल्लो हरसिंग देखि बेनकबन चिया कमान हुँदै रात्रीको समयमा पनि गींग गेलोङटार साथै धर्मशालाको भ्रमण गरे ।

आजको जनसम्पर्क अभियानमा मोर्चा केन्द्रिय अध्यक्षको साथमा लेबुङ बदमताम बाट बदमताम पञ्चायत क्षेत्रका निर्वाचित समिति सदस्य श्रीमान दिनेश राई, गोजयुमो केन्द्रिय सदस्य श्रीमान जितेन तामाङ साथै समष्ठिबाट सुवास प्रधान, प्रमोद छेत्री, अनिल राई आदिको सहभागीता रहेको थियो दुर्गम क्षेत्रका मानिसहरूको बिभित समस्या, मोर्चा समर्थकहरू संगको माँया सबैभन्दा महत्वपूर्ण २०१७ मा गोर्खाल्यान्डको जनआन्दोलनमा जनताले भोगेका पीडा अनि संघर्षलाई केहि जातिय गद्धारहरूले बेचि दियो भन्ने गुनासोहरू जनताको मुखबाट सुन्दा भावुक पलहरू पनि देखियो ।

योभन्दा पहिला नोमन राईले दार्जीलिङ विधानसभा क्षेत्रका उम्मेदवारको रूपमा आफूले टिकट पाए पश्चात आफ्नै ठाउँ चुङथुङ रिसिहाट समष्ठि अन्तर्गत बारबोटेमा जनसम्पर्क अभियानमा निस्किएका थिए। योजनसम्पर्क अभियानमा उनको साथमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरूङको पनि सहभागीताले क्षेत्रको जनतामा बिधायक चुनाउलाई लिएर धेरै उत्साह जोश अनि जाँगर देख्न पायो। जनताको अपार माया, समर्थन र उत्साहले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा दिएको छ, दार्जीलिङको समृद्धि, विकास र जनताको हक-अधिकारको लागि हाम्रो प्रतिबद्धता अझ मजबुत बनेको छ।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

आजको रोजाइ