bypass road was opened
bypass road was opened

सडक र कल्बट मरमत्ति कार्यपछि खोलियो बाइपास रोड

Share this news

खरसाङको वार्ड नम्बर 9 अन्तर्गत टुरिस्ट लजमुनिपट्टि रहेको सुधपा टोलमा पैह्रोले भत्काएको सडक र कल्बट मरमत्ति कार्यपछि बाइपास रोड खोलिएको छ। गत 8 अगस्तको दिन लगातार परेको पानीले गर्दा उक्त कल्बट भत्किएपछि खरसाङको बाइपास रोड बन्द भएको थियो। उक्त भत्किएको कल्बटको क्षेत्रीय सभासद श्याम शेर्पाले भ्रमण निरीक्षण गरेर मरमत्तिको लागि पहल गरिएको थियो।‌ उक्त पैह्रोले भत्काएको कल्बटको मरमत्तिको कार्य जीटीएमार्फत् खरसाङ ईञ्जिनियरिङ विभागबाट गत 13 अगस्तदेखि शुरु गरिएको थियो भने आज यसको मरमत्ति कार्य पूरा भएपछि आधिकारिक रूपमा गाडीहरुको‌ लागि खोलिएको छ। मरमत्तिको कार्य समाप्त भएपछि बाईपास रोड खोलाउन क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री, विभागीय अधिकारीहरु र अन्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड