बीबी बजगाईँले अघिबाटै तृणमूल कंग्रेसको लागि काम गर्दै आइरहेका थिए

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः खरसाङ विधायक विष्णु प्रसाद शर्मा उर्फ बीपी बजगाईंँको अगावैदेखि तृणमूल कांग्रेस पार्टीका वरिष्ठ नेतृत्वहरू साथै मन्त्रीहरूसित उठ-बस थियो। तिनी भाजपाको टिकटबाट विधायक बने पनि तिनले छद्मभेषमा टीएमसीको निम्ति नै कार्य गर्दै आइरहेका थिए। आज सबै समक्ष खुलस्त मात्र भएको हो भनी उक्त मन्तव्य भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले बताएका छन्‌‍।
खरसाङ्मा पत्रकारहरूसित बोल्दै खरसाङ विधानसभा आसनका भाजपा विधायक विहीबार कोलकातामा भाजपा त्यागेर तृणमूल कांग्रेस पार्टीमा सामेल भएकोमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै सञ्जीव लामाले आरोपको साथमा बताए अनुसार, बीपी बजगाईँंको अगावैदेखि तृणमूल कांग्रेस पार्टीका वरिष्ठ नेतृत्वहरू साथै मन्त्रीहरूसित शर्माको उठ-बस थियो। विधायक बनेपछि तिनी कहिले पनि खरसाङ्माा देखिएनन्‌‍। यहाँसम्म कि गत अक्टोबर महिनामा प्राकृतिक प्रकोप अन्तर्गत पहाड़ भरि आएको भल पहिरोको समय पनि तिनी आफ्नो भोट जितेको क्षेत्रमा आएनन्‌‍। तिनले खरसाङ अनि मिरिक क्षेत्रका जनताको आकाङ्क्षा अनुरूप कार्य गरेनन्‌‍। विधायक बजगाईँंले अगावैदेखि भित्रबाट टीएमसीको निम्ति कार्य गर्दै आइरहेका थिए। तिनी तरबुजा जस्तै बाहिरबाट हरियो भए पनि भित्र बाट तिनी रातो थिए। बजगाईंँले जहिले पनि पार्टी विरोधी कुरा गर्थे। पार्टीमा तिनको योगदान केही छैन्‌‍। यसर्थ तिनी तृणमूलमा खुल्ला रूपमा गए पनि भाजपालाई केही फरक पर्ने छैन्‌‍। त्यति मात्र होइन, बीपी बजगाईँं विगत लोकसभा चुनावमा भाजपा सांसद राजु विष्टको विरुद्धमा उठेर चुनाव लड़ेका थिए, त्यस समय बजगाईँंले नोटा खसेको भन्दा पनि कम भोट पाएका थिए। अर्थात्‌‍, नोटा भन्दा पनि कम भोट पाउने व्यक्ति पार्टीमा रहे वा नरहे कुनै फरक पर्ने छैन्‌‍ भनी लामाले बताए।
लामाले यो पनि बताए कि बजगाईंँले जब पार्टी विरोधी कार्य गरिरहेका थिए, त्यस समय नै यदि तिनी माथि कारवाही गर्दै पार्टीबाट निकालिएको भए तिनले पार्टीले निकालेको बहना गर्थे, तर आज तिनी आफैले स्पष्ट पारेको छन्‌‍ कि तिनी छद्मभेषमा टीएमसीको निम्ति नै कार्य गर्दै आइरहेका थिए ।
अर्कोतर्फ, गोर्खा जनमुक्ति मोर्चाका खरसाङ महकुमा समितिका अध्यक्ष योगेन्द्र राईले पार्टीको पक्षबाट आफ्नो प्रतिक्रिया राख्दै बताए अनुसार, टीएमसी झण्डा समातेर बीपी बजगाईँं उदाङ्गो भएका छन्‌‍ कि तिनी गोर्खा जातिको हितमा थिएनन्‌‍। भाजपाको टिकटमा खरसाङबाट विधायक बने पनि तिनले खरसाङ्को निम्ति एउटा काँटी पनि ठोकेको देखिएको छैन। बजगाईंँको प्रायः जस्तो अन्तर्वार्ता जाति विरोधी नै रहेको पएका थियैाँं भनी राईले बताए । बजगाईँंको भाजपासित पनि ताल-मेल थिएन्‌‍, न त तिनको जनतासित सम्पर्क थियो। गणतन्त्रमा जो पनि जुनै पार्टीमा सामेल हुनु सक्छन्‌‍। यसमा केहि भन्नु केही नरहे तापनि बजगाईंँ आज टीएमसीमा सामेल भएर सबै उदाङ्गो पारेका छन्‌‍? ।
अर्को तर्फ, हिल तृणमूल कांग्रेसका अध्यक्ष शान्ता छेत्रीले खुशी व्यक्त गर्दै बताए अनुसार, खरसाङ विधायक बीपी बजगाईँं कोलकातामा तृणमूल कांग्रेसका वरिष्ठ नेतृत्वहरूको बाहुलीबाट तृणमूल कांग्रेसको झण्डा समातेर पार्टीमा प्रवेश गरेकोमा स्वागत छ। छेत्रीले यो पनि बताइन्‌‍ कि टीएमसी प्रमुख एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको जनहितको नीतिलाई शिरोपर राख्दै बजगाईँंले टीएमसी पार्टीमा सामेल भएका छन्‌‍। आउँदो दिनमा मिलेर टीएमसी परिवारमा रहेर जनहितमा कार्य गरिनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ