ब्लूम डेल-द्वारा साहित्य अकादमी सुवासलाई

Share this news

रिम्बिक, 8 जुलाई(निसं): रिम्बिक बाँसबोटे स्थित ब्लूम डेल एकाडेमी-द्वारा  यस वर्षको साहित्य अकादमी युवा पुरस्कार प्रापक युवा कवि सुवास ठकुरीलाई सम्मान जनाइएको छ। विद्यालयकी  प्रधानाध्यापिका निर्मला राईको अध्यक्षता अनि मुस्कान समूहका अध्यक्ष कवि कमल भट्टराईको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरी युवा कवि सुवास ठकुरीलाई सम्मान जनाइयो। कवि ठकुरीलाई खादा-माला लगाउदै दोसल्ला ओढाएर अनि प्रसस्तिपत्र प्रदान गर्दै सम्मान जनाइइयो। कार्यक्रममा पुरस्कृत कृति जूनको आँशु कविता संग्रहबाट विद्यार्थीहरुले कविता पाठ गरेका थिए। यस अवधि कवि ठकुरीले यस सम्मानसँगै साहित्यप्रति आफ्नो जिम्मेवारी बोध भएको अनुभव साझा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम अध्यक्ष कमल भट्टराईले साहित्य अकादमी अनि नेपाली भाषा साहित्य विषयमा विद्यार्थीहरूलाई छोटो विवरण दिए। कार्यक्रम अवधि विद्यार्थीहरुले
विभिन्न गीत, संगीत, नृत्य अनि कविता पाठहरू प्रस्तुत गरे भने विद्यालयका प्रधानाध्यापिका निर्मला राईले कवि ठकुरीको उपलब्धिले यस क्षेत्रको परिचय भारतीय नेपाली साहित्यमा परिचित गराएकोमा कविलाई बधाई साथै धन्यवाद दिँदै, यस विषयले विद्यार्थीहरुमा नेपाली भाषा अनि साहित्यप्रति चासो बढ्ने आशा व्यक्त गरे। विद्यालयको पक्षबाट शिक्षक राज काम्बाङले कवि सुवास ठकुरीलाई आगमी दिनमा पनि आफ्नो कलमद्वारा उत्कृष्ट र सशक्त कृतिहरुको सृजना भइरहोस् , उत्तरोत्तर प्रगति र सफलताको  शुभकामना व्यक्त गरे।

Share this news
आजको रोजाइ
निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी