Block Pasaun a
Block Pasaun a

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी अम्बटे लङ्भ्यू समष्टिको एक सभा अस्पताल लाइन सार्वजनिक भवनमा समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, मनोनित सभासद साथै समष्टि पर्यवेक्षक प्रणाम रसाईली, समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले सम्बोधन गरेका थिए। समष्टि कार्यकारि सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा जीटीए प्रमुख कार्यपाल अनित थापाको दिशा निर्देशमा आजको सभा आयोजन गरिएको जनाइन्। तिनले जीटीए साथै पञ्चायत मार्फत धेरै विकासमूलक कार्यहरू भए तापनि साधारण जनता समक्ष ती विकास कार्यको उचित जानकारी नरहेको कारण नै विगत लोकसभा चुनाउमा हारको सामना गर्न परेको जनाइन्। प्रधानले पार्टीको विभिन्न पदमा रहेर पार्टीको सभामा उपस्थिति दिन सकेन भने ती पदबाट राजीनामा दिएको उचित हुने जनाइन्। तिनले शाखा समिति, खण्ड समिति साथै समष्टि कमिटीले आपसी मतभेद भुलेर संगठनको निम्ति कार्य गर्नु पर्ने समय आएको बताइन्। प्रणाम रसाईलीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मूल मन्त्र सुख, समृद्धि र शान्ति रहेको कारणले अहिले पहाडमा शान्ति स्थापना भएको बताए। तिनले समष्टिका प्रतिनिधिहरूलाई सिङ्गो पङ्खाबारी अम्बटे लङ्भ्यू समष्टि भएर कार्य गर्न पर्ने समय आएको साथै प्रतिनिधिहरूले पदमा रहेरपछि हारको नैतिक जिम्मेवारी पनि लिन सक्नु पर्ने जनाए। रसाइलीले आगामी 2026 को लोकसभा चुनाउमा पार्टीको महकुमा समितिको जिम्मेवारी महकुमा जिताउनु, समष्टिको जिम्मेवारी समष्टि जिताउनु ब्लक समितिको जिम्मेवारी ब्लक जिताउनु हो भने शाखा समितिको जिम्मेवारी शाखामा पार्टीलाई बहुमतले जिताउनु हो भनी जनाए। सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले आगामी 2026 को चुनाउको निम्ति शाखा तहदेखि नै पार्टीलाई संगठित र अनुशासित बनाउन पर्ने जनाए। तिनले समष्टि पक्षबाट अब ब्लक पसौं अभियान शुरू गर्ने साथै प्रत्येक ब्लकका प्रतिनिधिहरू शाखा पसौं अभियानमा लाग्न पर्ने जनाए। सभामा भागोप्रमो केन्द्रिय समिति सदस्य साथै सन्त मेरिज तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष लामा, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, समष्टि सहसचिव कुनाल छेत्री, सांगठनिक सचिव सुबास छेत्री, निश्चल पाख्रीन, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, समष्टि युवा शक्ति सभापति तुषार राई, समष्टि अन्तर्गत रहेका पञ्चायत प्रधान, उपप्रधान, पञ्चायत सदस्यगण , ब्लकका सभापति सचिव, युवा शक्ति,नारी शक्ति, शिक्षक संगठन, आँगनबाडी कर्मी, आशा कर्मी, जीटीए कर्मचारी साथै शाखा प्रतिनिधीहरूको आदिको बाक्लो उपस्थिति उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ