खरसाङ शहर चिम्नी देवराली समष्टिका सभासद श्याम शेर्पाको पहलमा खरसाङ नगरपालिकाको बीसवटै वार्डका पीएलओ अनि बीएलएहरूलाई सम्वर्धना जनाइयो। प्रशान्त शर्माद्वारा सञ्चालन गरिएको यो कार्यक्रममा खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधान, सामाजिक कार्यकर्ता मोहन गुरूङ, लक्ष्मण गुरुङ, किशोर लिम्बु, सुष्मा थापा, दिनेश लामा, विवेक गुरुङ, प्रेम बम्जन, विमल मुखिया, अनिल राई, गोपाल प्रधान, कैलास सेवा, विरेश लामा अनि अन्यान्य उपस्थित थिए। सभासद श्याम शेर्पाले सबै बीएलओ अनि बीएलएहरूलाई उनीहरूले एसआईआर प्रक्रियामा सक्रिय अनि मेहनतको साथमा निभाएका उत्तरदायित्वको निम्ति धन्यवाद दिए अनि तिनीहरूको कार्यको प्रशंसा गरे।
शेर्पाले भने, सबै बीएलओ अनि बीएलएहरूले एसआईआरको समयमा खटेर काम गरे। आफ्नो परिवार र समयको पर्वाह नगरी जनसाधरणलाई सेवा दिन सबै बीएलओ अनि बीएलएहरूले आफ्नो उत्तरदायित्व निष्ठाका साथमा निभाए। तिनीहरूको यसको निम्ति धन्यवादका पात्रा हुन्। बीएलओ अनि बीएलएहरूले पनि एसआईआरको प्रक्रियाको अवधिमा भएको विभिन्न असुविधा र समस्याहरूको बारे कार्यक्रममा बताए अनि जस्तै समस्या र असुविधा रहे तापनि भविषयमा पनि यसरी नै काम गर्ने बताए। कार्यक्रममा नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधानले पनि सम्बोधन गरेका थिए। उपस्थित अथितिहरूको बहुलीबाट बीएलओ अनि बीएलएहरूलाई खर्दा अर्पण गरेर अनि उपहार प्रदान गरेर सम्वर्धना जनाइयो।












