बीकेएसवाई-द्वारा कृषकहरुलाई कृषि सामाग्री प्रदान

Share this news

पेशोक, 3 जुलाई(निसं): रंगली-रंगलीयट खण्ड-को कृषि विभागको बीकेएसवाई-द्वारा तक्लिंग-1 र 2  ग्राम पञ्चायतका कृषकहरुलाई कृषि सामाग्री प्रदान  गरियो।तक्लिंग-पेशोक समष्टि अन्तर्गत रहेको कृषि बाहुल क्षेत्र तक्लिंग,सोरेग, चेगरा, बड़ा मंगवा आदि क्षेत्रका कृषि कार्यमा सनलग्न कृषकहरुलाई कृषि सामग्रीहरु वितरण गरिएको जानकारी हिमालय दर्पणलाई प्राप्त भएको । विशेष गरेर समष्टिको कृषि क्षेत्र रहेको कारण यहाँका कृषकहरुलाई कृषि समबन्धी सामाग्रीहरु वितरण गरिएको बताइएको छ।  रंगली रंगलीयट खण्डको कृषि विभागद्वारा बांगला कृषि सेच योजना अन्तर्गत हिजो एक विशेष अवसर पारेर तक्लिंग-1 बाट 25 अनि तक्लिंग-2 बाट 20 जना लाभार्थीहरुलाई माईक्रो इरिगेसन-मा प्रयोग हुने सामाग्रीहरु प्रदान गरिएको कृषि विभागका सहताक्निकी प्रबन्धक टेक प्रसाद शर्माले जानकारी गराए। तक्लिंग-1 अनि तक्लिंग-2 ग्राम पञ्चायतका
जम्मा 187 जना लाभार्थीहरु मध्ये हिजो मात्र 45 जना लाभार्थीले उक्त सामाग्रीहरु प्राप्त गरे भने रहल लाभार्थीहरुलाई अर्को चरणमा वितरण गरिने सह- तकनिकी प्रबन्धक शर्माले जनाएका छन्। ग्राम पञ्चायतले तयार गरेको लाभार्थीहरुको नाम तालिका अनुसार वितरण गरिएको थप जनाए।
कृषि  सामग्री वितरण अवधि रंगली-रंगलीयत खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीले सामग्री कहाँबाट पाएको अनि यसको उपयोगिता कहाँ गरिने भन्ने बारे जानकारी गराए। छेत्रीले वितरण कार्यक्रमलाई सम्बोधन गर्दै एक जना लाभार्थी कृषकलाई जिएसतॆ सित 62 हजार 424 रुपियाँ बराबर मुल्याको जम्मा 13 वटा सामग्रीहरु रहेको जानकारी गराए भने यसको लागि लाभार्थीले मात्र अठार सय भुक्तान गर्न पर्ने जानकारी गराए । क्षेत्रीय सभासद अनि एमओडी सभासद मणि प्रसाद राई अनि वागवाणी विभागीय एमओडी सभासद प्रणाम रसाईलीले पनि उक्त वितरण कार्यबारे जानकारी गराउदै यसको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापा प्रति आभार व्यक्त गरे ।
कृषि सामग्री वितरण कार्यक्रम अवधि रंगली- रंगलीयट खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्री, तक्लिंग-पेशोक समक्ष्तिसभासद मणि प्रसाद राई, वागवानी विभागीय एमओडी सभासद प्रणाम रसाईली, कृषि विभाग आर आर खण्डका सहक्रिक्षि निर्देशक रोयल लेप्चा, खण्ड तकनिकी प्रबन्धक अभिषेक थापा, सहताक्निकी प्रबन्धक टेक प्रसाद शर्मा, तक्लिंग-एक अनि दुई ग्राम पंचायतका प्रधानहरु, सदस्यको उपस्थिति रहेको सभापति छेत्रीले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ