BJP manifesto released Bengal
BJP manifesto released Bengal

पहाड़, तराई र डुवर्स क्षेत्रका लागि भाजपाको सङ्कल्पहरु सार्वजनिक

Share this news

दार्जीलिङ लोकसभा क्षेत्रका सांसद एवं भारतीय जनता पार्टी राष्ट्रीय प्रवक्ता, राजु बिष्टले बताए अनुसार आज, भाजपा दार्जीलिङ अध्यक्ष श्री सञ्जीव लामाज्युको उपस्थितिमा, हामीले दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रका लागि भाजपाले गरेको महत्वपूर्ण सङ्कल्पहरु सार्वजनिक गरिएको थियो।

१. दार्जीलिङ क्षेत्रका लागि स्थानीय आकांक्षाहरूको सम्मान गर्दै संवैधानिक ढाँचाभित्र स्थायी राजनीतिक समाधान सुनिश्चित गरिनेछ।

२. प्रत्येक चिया बगान श्रमिकका लागि न्यूनतम वेतन, स्वास्थ्य सेवा, आधुनिक आवास र सामाजिक कल्याण सुनिश्चित गर्नका लागि एउटा समर्पित चिया श्रमिक विकास बोर्ड गठन गरिनेछ।

३. दार्जीलिङ, तराई अनि डुवर्सका सबै चिया बगान श्रमिकहरूलाई पर्जा-पट्टा प्रदान गरिनेछ।

४. उत्तर बङ्गालमा एउटा AIIMS स्थापना गरिनेछ ताकि मानिसहरूले उच्च उपचारका लागि टाढा जान नपरोस्।

५. उत्तर बङ्गालमा एउटा IIT अनि एउटा IIM स्थापित गरिनेछन् जसबाट क्षेत्रमा नै विश्वस्तरीय शिक्षा उपलब्ध हुन सकोस्।

६. उत्तर बङ्गालमा क्यान्सरको एउटा विशेष अस्पताल स्थापना गरिनेछ।

७. राजवंशी र कुर्माली भाषाहरूलाई केन्द्र सरकारको सहयोगमा भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गरिनेछ।

८. महिलाहरूलाई मासिक ₹३,००० भत्ता प्रदान गरिनेछ र राज्यका सबै सरकारी सेवाहरू (पुलिससहित) मा महिलाहरूका लागि ३३% आरक्षण सुनिश्चित गरिनेछ।

९. आँगनवाडी, प्राणी मित्र र आशा कार्यकर्ताहरूका लागि सम्मानजनक मासिक पारिश्रमिक सुनिश्चित गरिनेछ।

१०. महिला सुरक्षा – दुर्गा वाहिनी सेल हरेक थाना क्षेत्रमा स्थापना गरिनेछ।

११. आगामी पाँच वर्षभित्र एक करोड़ नयाँ रोजगारी अनि स्वरोजगारका अवसरहरू सिर्जना गरिनेछ, साथै बेरोजगार युवाहरूलाई मासिक ₹३,००० भत्ता प्रदान गरिनेछ।

१२. सबै सरकारी कर्मचारी र पेन्शनधारकहरूका लागि महङ्गाई भत्ता (डीए) र सातौँ वेतन आयोग लागू गरिनेछ।

१३. सबै किसानहरूलाई आजीविका सहयोगस्वरूप ₹९,००० आर्थिक सहायता प्रदान गरिनेछ। प्रत्येक ब्लकमा कोल्ड स्टोरेज र प्रशोधन केन्द्रहरू स्थापित गरिनेछन्।

१४. क्षेत्रीय उपेक्षा अन्त्य गर्न उत्तर बङ्गालमा चार नयाँ शहरहरूको विकास गरिनेछ र क्षेत्रको समग्र विकासमा विशेष ध्यान दिइनेछ।

१५. दार्जीलिङलाई एक प्रमुख ईको-एडभेञ्चर र हेरिटेज पर्यटन केन्द्रको रूपमा विकास गरिनेछ।

१६. हामी स्टार्ट-अपहरूलाई सुदृढ़ प्रोत्साहन प्रदान गर्न ५ लाख युवाहरूलाई उद्यमशीलता अभिवृद्धिका लागि प्रत्येकलाई अधिकतम १० लाख रुपियाँसम्म आर्थिक सहयोग उपलब्ध गराइनेछ।

१७. खेल प्रतिभा तथा व्यावसायिक तालिमको विकास निम्ति राज्यमा एउटा खेलकूद विश्वविद्यालय स्थापना गरिनेछ।

१८. प्रत्येक जिल्लाका लोक-कलाकारहरूलाई राष्ट्रीय र अन्तर्राष्ट्रीय मञ्चहरूमा प्रदर्शनको अवसर प्रदान गरिनेछ जसबाट सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय कलाकारहरूलाई प्रोत्साहन प्राप्त हुनेछ।

१९. आदिवासी समुदायका लागि शिक्षामा पहुँच बढ़ाउन आदिवासी विश्वविद्यालय स्थापना गरिनेछ।

२०. हामी ७५ लाख महिलाहरूलाई “लखपति दिदी”को रूपमा सशक्त बनाउनेछौँ।

२१. डुवर्सलाई वन, वन्यजन्तु र जनजातीय पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गरिनेछ, जसबाट ईको-रिसोर्ट र गाइडेड टूर मार्फत रोजगारीका अवसरहरू सिर्जना हुनेछन्।

२२. दार्जिलिङ चिया उद्योगको पुनरोद्धार गरिनेछ र साना चिया उत्पादकहरूलाई आर्थिक सहायता प्रदान गरिनेछ।

२३. दार्जिलिङलाई सुन्दरबनसँग सोझै जोड़्ने नयाँ राष्ट्रीय राजमार्ग निर्माण गरिनेछ जसले नयाँ आर्थिक कोरिडोरको रूप लिनेछ।

२४. राष्ट्रीय सुरक्षाको संरक्षणका लागि अवैध घूसपैठविरुद्ध कड़ा कारबाही गरिनेछ।

२५. टीएमसी-को १५ अनि जीटिए-को १० वर्ष कार्यकालमा भएका भ्रष्टाचारलाई उदाङ्गो पार्न श्वेतपत्र जारी गरिनेछ।

२६. टीएमसी-द्वारा प्रोत्साहित सिण्डिकेट राज तथा कट-मनी प्रथाको अन्त्य गरिनेछ।

२७. “एक देश, एक विधान” को अवधारणाअनुसार समान नागरिक संहिता लागू गरिनेछ।

यो केवल घोषणा-पत्र होइन । यो दार्जीलिङ पहाड़, तराई, डुवर्सका जनताका लागि सीपीएम को ३५ वर्ष र तृणमूल कांग्रेसको १५ वर्षको उपेक्षालाई अन्त्य गर्ने र न्याय दिलाउने हाम्रो पवित्र प्रतिज्ञा हो। म माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई यस दूरदर्शी र अग्रगामी घोषणा-पत्रका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु, जसले दार्जिलिङ पहाड़, तराई, डुवर्स र सम्पूर्ण राज्यका जनताको जीवनमा सकारात्मक बदलाव ल्याउनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ