BJP welcomes decision to take action against Congress
BJP welcomes decision to take action against Congress

कंग्रेस प्रवक्ता शाहिजुद्दिनमाथि कार्बाहीको निर्णयलाई भागोपद्वारा स्वागत

Share this news

भारतभरिका गोर्खाहरूको राष्ट्रिय सामाजिक संस्था भारतीय गोर्खा परिसंघ (BGP) ले असम प्रदेश कंग्रेस समितिले आफ्ना प्रवक्ता शाहिजुद्दिन अहमदलाई गोर्खा जातिविरुद्ध कथित अपमानजनक टिप्पणी गरेपछि निलम्बन गरेको निर्णयलाई स्वागत गरेको छ।
परिसंघले जनाएको छ, हालै टेलिभिजन बहसका क्रममा गरिएको उक्त टिप्पणी गोर्खा समुदायको गरिमामाथि आघात पुर्‍याउने र अत्यन्त आपत्तिजनक रहेको भन्दै विभिन्न गोर्खा सङ्गठनहरूले कडा आपत्ति जनाएका थिए। भारतीय गोर्खा परिसंघले यसअघि नै उक्त विषयको कडा शब्दमा निन्दा गर्दै यदि सम्बन्धित व्यक्तिबाट बिना शर्त माफी मागिँदैन र उचित कारबाही हुँदैन भने कंग्रेस पार्टीको बहिष्कारसमेत गर्न बाध्य हुने चेतावनी दिएको थियो। अझ सो व्यक्ति यस विषयमा गोर्खा जातिसंग क्षमा याचना गरेको उचित रहने कुरा भागोपले जनाएको छ। नभए प्रवक्तालाई निलम्बन मात्र नभएर पार्टीबाट निष्काशित गर्न माग गरेको छ।
जारी विज्ञप्तिमा परिसंघका नेताहरूले असम प्रदेश कंग्रेस समितिका अध्यक्षप्रति “समयमै र दृढ” कदम चालेकोमा धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले यो निर्णयले कंग्रेस पार्टीले सबै समुदायप्रति सम्मान र सामाजिक सद्भाव कायम राख्ने आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतारेको सन्देश दिएको बताएका छन्।
परिसंघले कंग्रेस पार्टीले ऐतिहासिक रूपमा गोर्खा समुदायसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै आएको र विभिन्न समयमा शासनसत्तामा रहँदा गोर्खाहरूलाई विभिन्न तहमा प्रतिनिधित्व दिएको पनि स्मरण गराएको छ। साथै वरिष्ठ कंग्रेस नेता गौरव गोगोईले गोर्खा समुदायको पक्षमा निरन्तर आवाज उठाउँदै उनीहरूको सम्मान र अधिकारको विषय राष्ट्रिय मञ्चमा उठाउँदै आएको भूमिकाको पनि परिसंघले प्रशंसा गरेको छ।
परिसंघले विविधतायुक्त र लोकतान्त्रिक देश भारतमा कुनै पनि समुदायविरुद्ध गरिने अपमानजनक वा जातीय टिप्पणी कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ। यस घटनामा गरिएको कारबाहीले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन कडा सन्देश दिने विश्वास पनि व्यक्त गरिएको छ।
अन्त्यमा, परिसंघले सबै राजनीतिक दल र सार्वजनिक प्रतिनिधिहरूलाई आफ्नो अभिव्यक्तिमा जिम्मेवार बन्न र सबै समुदायबीच आपसी सम्मान तथा सद्भाव प्रवर्द्धन गर्न आग्रह गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ