खरसाङमा भाजपाको चुनाउ कार्यालय उद्घाटन

Share this news

भारतीय जनता पार्टीको लागि खरसाङ विधानसभा समष्टिका उम्मेद्वार सोनाम लामाको पक्षमा आईतवार खरसाङ्मा चुनाव कार्यालय उद्घाटन गरिएको छ। खरसाङ्को धोबीखोला क्षेत्रमा उक्त कार्यालय उदघाटन गरिएको छ। भाजपाको उक्त चुनावी कार्यालय दार्जीलिङ सांसद राजु विष्ट, भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, भाजपा उम्मेदवार सोनाम लामा आदिको बाहुलीबाट विधिवत्‌‍ रूपमा उद्घाटन गरिएको छ। उक्त चुनाव कार्यालय उद्घाटनपछि सांसद भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले सम्बोधन गरेका थिए।

उक्त चुनावी कार्यालय उद्घाटन कार्यक्रमपछि उम्मेदवार सोनाम लामाको पक्षमा खरसाङ्को धोबीखोला क्षेत्रदेखि पथयात्रा आयोजना गर्दै खरसा मोटर स्ट्याण्ड हुँदै हिर्ट कार्ट रोड भएर सभा स्थलसम्म पुगेको थियो। यसावधि सांसद राजु विष्ट, जिल्ला अध्यक्ष सञ्जीव लामा, दार्जीलिङका विधायक निरज जिम्बा, रमेश अग्रवाल लगायत अन्यहरु उपस्थित भएर खरसाङ बजारमा भाजपा उम्मेद्वार सोनाम लामाको पक्षमा जनतालाई भोट अपिल गरेका थिए। उक्त पथयात्रापछि खरसाङ्को एक होटलमा भारतीय जनता पार्टीको चुनावी सभा सम्पन्न गरेको थियो।

उक्त सभालाई रोमा ठटाल र अन्यले सञ्चालन गरेका थिए। यस चुनावी सभामा भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले स्वागत सम्भाषण राखेका थिए। यस चुनावी सभामा भाजपाको गठबन्धन दल गोर्खा जनमुक्ति मोर्चाका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। यस चुनावी सभालाई दार्जीलिङ्का सांसद राजु विष्ट र भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनको समयमा उम्मेद्वार सोनाम लामा केही भावुक पनि पनि बनेका थिए। भाजपाको चुनावी सभापछि सांसद राजु विष्टको विशेष उपस्थितिमा भारतीय जनता पार्टीको पार्टी कार्यकर्ताहरुसित सांगठनिक सभा पनि सम्पन्न गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ