भाजपाका राष्ट्रीय अध्यक्ष नितिन नवीनद्वारा गोर्खाहरूसँग अन्तर्क्रिया

Share this news

दार्जीलिङका सांसद र भाजपाका राष्ट्रिय प्रवक्ता, राजु बिष्ट भाजपाका राष्ट्रीय अध्यक्ष नितिन नवीनद्वारा सिलगढीमा प्रमुख गोर्खा व्यक्तित्वहरूसँगको अन्तर्क्रियात्मक सत्रमा सहभागी भएका थिए। यसअवधि दार्जीलिङ पहाड़, तराइ अनि डुवर्सवासीहरूको तर्फबाट जनवरीमा पदभार ग्रहण गरेयता उत्तर बङ्गालको यो पहिलो यात्रामा उनलाई स्वागत जनाए।

पछिल्लो समय सिक्किमको दलीय प्रभारीको रूपमा पनि सेवा प्रदान गरेका हुनाले उनी हाम्रो क्षेत्रको रणनैतिक महत्त्वसँग परिचित छन् र हाम्रा सामाजिक-राजनीतिक मुद्दाहरू राम्रोसँग बुझेका छन्। आजको एउटा खुल्ला छलफलमा भाजपाको भावी योजना एवम् उद्देश्यहरू प्रस्तुत गरे र गोर्खा जाति र दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका अन्य समुदायहरूको लागि न्याय सुनिश्चित गर्ने भाजपाको वचनबद्धता स्पष्ट रूपमा राखे।

“गोर्खा जाति अनि दार्जीलिङ पहाड़, तराइ अनि डुवर्सका जनताको लागि न्यायप्रति हाम्रो वचनबद्धता कुनै राजनीतिक लाभमाथि निर्भर छैन”-उनले भनेका छन्।
यस अन्तरक्रियामा उपस्थित सबैजनाप्रति आभारी छु र हाम्रो क्षेत्र अनि जनतासँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूमाथि यति अन्तर्दृष्टिपूर्ण, स्पष्ट अनि ईमानदार छलफलका लागि राष्ट्रीय अध्यक्ष नितिन नवीनलाई हार्दिक कृतज्ञता जनाए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ