भाजपा बूथ अध्यक्ष मणिराज राई र उपाध्यक्ष इन्द्रमणि लिम्बु आईजीजेएफ-मा

Share this news

दार्जीलिङ,22 फरवरी(निसं): आजदेखि भ्रष्टाचारमुक्त भएको छु भन्दै भाजपाका बूथ अध्यक्ष मणिराज राई र उपाध्यक्ष इन्द्रमणि लिम्बुले भाजपा(भारतीय जनता पार्टी)-लाई त्यागेर इण्डियन गोर्खा जनशक्ति फ्रन्टको समर्थन जनाए। गोक सास बोटेमा शनिबार इण्डियन गोर्खा जनशक्ति फ्रन्टको समर्थन सभा सम्पन्न भयो। आयोजित सभामा पार्टीका केन्द्रीय संयोजक अजय एडवर्ड्स विशेष रूपमा उपस्थित रहेका थिए। यसै अवसरमा नयाँ नोर बूथ नम्बर 23/50 का भारतीय जनता पार्टीका अध्यक्ष मणिराज राई र उपाध्यक्ष इन्द्रमणि लिम्बु इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भए। पार्टीका केन्द्रीय संयोजक अजय एडवर्ड्सले खदा लगाइ पार्टीमा स्वागत जनाए।यसै क्रममा मणिराज राईले भने,अजय एडवर्ड्सको भिजन मलाई मन परेर म आईजीजेएफमा सामेल भएको हुँ। भारतीय जनता पार्टीले हामीलाई आश्वासन मात्र देखायो। यति मात्र होइन, भाजपाले हरेक कुरालाई राजनीतिक दृष्टिकोणले मात्र हेर्ने काम गरेको पाए। सरकारले जारी गरेको सानोभन्दा सानो सहुलियतमा पनि उनीहरूले राजनीति गर्छन्। यी सबै नीतिहरूदेखि वाक्क भएर आफू गोर्खा जातिको हितमा इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भएको हुँ र आजदेखि म भ्रष्टाचारमुक्त भएकोछु। सहन नसकिने आश्वासनबाट टाढिएर तपाईँहरू सबै इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा आउने आव्हान गरे।यसरी नै इन्द्रमणि लिम्बुले भने,गोर्खाल्याण्डको हुंकार गर्ने नेताहरूले जनतालाई भ्रममा पारेर छोडेर गए। हामी गोर्खा जातिको स्वाभिमान बिक्री नगर्ने नेताको खोजीमा थियौं, र हामीले अजय एडवर्ड्स जस्तो इमानदार नेता पाएका छौं।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ