भाजपाले हाम्रो भावनासंग खेलवाड गर्दैछ: गोपाल परियार

Share this news

 

आयुष अधिकारीलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य बिमल झावरले जुस पिलाएर मौन भोक हडतालमा उठाए। गत 25 दिसम्बर 2025 को दिनदेखि आयुष अधिकारी सिलगढीको मिलन मोडमा 72 घण्टाको मौन भोक हडतालमा बसेका थिए बिमल झावरले आयुष अधिकारीलाई जुस पिलाएर मौन भोक हडतालबाट उठाए।
अलग राज्य गोर्खाल्याण्ड तथा गोर्खा समुदायको 11 जात गोष्ठीको मुद्दामाथि केन्द्र भाजपा सरकार तथा दार्जीलिङको सांसद राजु विष्टको ध्यान आकर्षण गर्न 72 घण्टाको मौन भोक हडतालमा बसेका थिए।यस अवधि आइजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य बिमल झावरसंग सभासद प्रतिम सुब्बा, सन्नी बम्जन तामाङ, मन्दीप लामा, राजु सुब्बा, गोपाल परियार आदि सामेल थिए। यस अवधि पत्रकारहरूसंगको कुराकानीमा आइजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य तथा दार्जीलिङ नगरपार्षद गोपाल परियारले भारतीय जनता पार्टीले गोर्खाहरूको भावनासंग खेलवाड गरेको बताए। गत 2009 को लोकसभा चुनावदेखि हामीले भारतीय जनता पार्टीलाई निरन्तर रूपमा समर्थन गर्दै सांसद दिँदै आइरहेका छौं। गत 2009 को लोकसभा चुनावमा केन्द्रमा भारतीय जनता पार्टीको सरकार गठन हुन सकेन, ठिकै छ तर 2014 र 2019 को लोकसभा चुनावमा केन्द्रमा भारतीय जनता पार्टीले आफ्नो क्षमतामा सरकार गठन गरेको हो। तर त्यस्तो अवस्थामा पनि भारतीय जनता पार्टीले गोर्खाहरूको दीर्घकालिन मांग अलग राज्य गोर्खाल्याण्ड गठन गरी दिएन। गत 2009 देखि 2024 सम्म लोकसभा चुनावमा गोर्खाहरूले भारतीय जनता पार्टीलाई समर्थन जनाउँदै सांसद दिँदै आएको हो। समर्थन गरेर सांसद दिनुको मुख्यकारण नै अलग राज्य गोर्खाल्याण्डको गठन हो। गोर्खाल्याण्ड बाहेक गोर्खाहरूको अन्य कुनै मुद्दा नै छैन। बंगालदेखि अलग छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति नै गोर्खाहरूले भारतीय जनता पार्टीलाई समर्थन गर्दै सासंद दिएका हौं। पहाड तराई डुवर्स मिलाएर अलग राज्य गोर्खाल्याण्डको गठन हुन पर्छ भन्ने गोर्खाहरूको मांग हो। गत 2014 र 2019 को लोकसभा चुनावमा केन्द्रमा भारतीय जनता पार्टीले सरकार गठन गरेको हो। 2024 को लोकसभा चूनावपछि केन्द्रमा गठबन्धनको सरकार गठन भएको छ। भाजपाले आफ्नो पूर्ण बहुमतमा सरकार गठन गरेको छैन। भारतीय जनता पार्टीले गोर्खाहरूलाई अलग राज्य गोर्खाल्याण्डको गठन गरिदिन्छु भनेर बचन दिएको थियो। तर भाजपाले त्यो बचन पुरा गरेको छैन। भाजपाले गोर्खाहरूलाई धोका दियो, गोर्खा जातिको भावनासंग खेलवाड गरेको छ। पहाड तराई डुवर्स मिलाएर अलग राज्य गोर्खाल्याण्ड गठनको सपना गोर्खाहरूलाई भारतीय जनता पार्टीले देखाएको थियो अनि अलग राज्य गोर्खाल्याण्डको मुद्दामाथि भारतीय जनता पार्टी तथा केन्द्र सरकारले चर्चा गर्न पर्छ भनेर आयुष अधिकारी सिलगढीको मिलन मोडमा मौनता भोक हडतालमा बसेका हुन्। गत दिन सम्पन्न भएको संसदको शीतकालिन सत्रमा दार्जीलिङको सांसद राजु विष्टले अलग राज्य गोर्खाल्याण्डको नीजि बिल समेत ल्याउन सकेनन्। संसदमा यता उता बोलेर नै उनले समय बिताई दिए। संसदमा राजु विष्ट बोल्छन् एकातिर तर काम हुन्छ अर्कोतिर।सांसद राजु विष्ट संसदमा दशपल्ट बोल्छ तर उसले बोलेको सरकारले पत्तो नै दिएको छैन। बोल्नु एउटा विषय हो अनि बोलेको विषयलाई कार्य रूपमा परिणत गर्नु अर्को विषय हो। तर सांसद राजु विष्टले बोलेको सरकारले पत्तो समेत दिएको छैन। सांसद राजु विष्टले संसदमा पहाड तराई डुवर्स मिलाएर अलग राज्य गोर्खाल्याण्ड गठन हुन पर्छ भन्न डराउँछन्, गोर्खाल्याण्डको बारेमा बोल्न सांसद राजु विष्टको आँट छैन। सांसद मा गोर्खाल्याण्ड शब्दको उच्चारण गर्ने क्षमता समेत छैन। राजु विष्टलाई गोर्खा जातिको मुद्दासंग सरोकार छैन, उनी यहाँ व्यापार गर्न आएका हुन्, उनलाई गोर्खा जातिको मुद्दासंग सरोकार छैन। यसरी नै भारतीय जनता पार्टीलाई पनि गोर्खाहरूको मुद्दासंग कुनै सरोकार छैन। गत दिन सम्पन्न भएको संसदको शीतकालिन सत्रमा गोर्खाहरूले न्याय पाएनन्। भाजपाले गोर्खाहरूलाई धोका दियो भनेर नै आयुष अधिकारी मौन भोक हडतालमा बसेका हुन्। हामी यहाँ आयुष अधिकारीको मनोबल बडाउन आएका हौं।आयुष अधिकारी अलग राज्य गोर्खाल्याण्डको खाँटी समर्थक हुन्, हाम्रो लक्ष्य बंगालदेखि अलग राज्यको गठन हो। पहाड तराई डुवर्स हाम्रो हो अनि हाम्रो क्षेत्रमा हामी आफै शासन गर्न चाहन्छौं, बंगालले पहाड तराई डुवर्समा शासन गरेको हामी चाहदैनौं। केन्द्र सरकारले पहाड तराई डुवर्सको समस्यालाई केलाउन इन्टरलोक्युटरको नियुक्ति गरेको छ, जुन हावा मिठाई मात्र हो। तर पनि इन्टरलोक्युटरको विषयलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्ट हाम्रो पार्टीले स्वागत जनाइसकेको छ। तर इन्टरलोक्युटरले के गर्छन् के गर्दैनन् त्यो भविष्यको विषय हो तर 2014 र 2019 मा केन्द्रमा भाजपाले आफ्नो क्षमतामा सरकार गठन गरेका थियो, त्यति बेला त अलग राज्य गोर्खाल्याण्डको गठन गरेन भने अब केही हुन्छ भन्ने आशा साँच्नु व्यर्थ नै हुन्छ। तर पनि हामीले इन्टरलोक्युटरलाई स्वागत जनाएको गोपाल परियारले बताए।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ