BJP is made to win, Gorkhaland will never be formed
BJP is made to win, Gorkhaland will never be formed

बीजेपीलाई जिताए कहिले पनि गोर्खाल्याण्ड हुनेछैन

Share this news

चुनाउ जितेर गोर्खाल्याण्ड हुँदैन। हामीले बीजेपीलाई भोट दिएर चुनाउ जिताएर कहिले पनि गोर्खाल्याण्ड हुनेछैन भन्दै जीटीए प्रमुख अनित थापाले

यसपालिको चुनावमा भोट आफ्नो निम्ति हाल्ने अनुरोध गरे। आज सदर 1 समष्टि, माउण्ट भेल्ली, नर्थ पोइण्ट, दार्जीलिङमा आयोजित एक आधिकारिक शिलान्यास समारोहमा थापाले गोर्खा सुधार सम्मेलन सार्वजनिक भवन (तीन तल्ला) को निर्माणकार्यको विधिवत शिलान्यासकाे क्रममा माथिका मन्तव्य दिएका हुन्। यो परियोजना दार्जीलिङ इन्जिनियरिङ डिभिजन, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (GTA) ले कुल रू. १,०४,५७,०६३.००/- (एक करोड चार लाख सन्ताउन्न हजार त्रिसट्ठी रुपैयाँ)को लागतमा पूरा गर्नेछ।

शिलान्यास कार्यक्रममा थापाले भने:१. हिजोको दिन कुनै नेताहरुले यो समाज भवन बनाएनन्। आज उनको समयमा भवन निर्माण हुँदैछ। अब मलाई भोट दिनुहोस् भनेर म भन्दिन। तर म चाहन्छु पहाडको हरेक व्यक्तिले विचारको परिवर्तन गरोस्। २. पहाड बिगार्ने हामी नै थियौं। यसको जिम्मेवारी हामीले आफै लिनुपर्छ। हामीलाई विरोध गरेर अनि अरूको आलोचना गरेर केही फाइदा हुँदैन। ३. भोट हालेर गोर्खाल्याण्ड कहिले हुँदैन। यो प्रमाण भई सकेको छ। अब चुनाउ आउँदैछ। गोर्खाल्याण्डको कुरा हुँदैछ। केन्द्रले चाह्यो भने गोर्खाल्याण्ड आफै हुन्छ। हामीले बीजेपीलाई भोट दिएर चुनाउ जिताएर कहिले पनि गोर्खाल्याण्ड हुनेछैन। ४. म राज्य सरकार सँग मिलेर नै काम गर्छु। मैले मिलेन भने मेरो मान्छेले दुःख पाउँछ। ५. अरू नेताहरुले राज्य सरकार सँग मिल्छु भन्नु सक्दैन। कारण उनीहरुले भन्ने बित्तिकै उनीहरूले भोट पाउँदैनन्। हाम्रो दिमागमा बंगाल विरोधी सोच हाली दिएको छ। त्यसै कारण हामी बंगाल विरूद्ध गाली बक्छौ। तर बंगाललाई किन गाली गरेको भनेर सोध्नु होस् कारण बिना नैं हामी गाली गरिरहेका छौं। ६. जुन राज्यमा हामी बस्छौ, त्यो राज्य अनि राज्यको सरकारलाई आफ्नो दुश्मन बनाएर हामीलाई फाइदा हुन्छ र? ७.यसपालिको चुनावमा हामीले हाम्रो निम्ति भोट हाल्नु पर्छ। मलाई भोट दिनु नै पर्छ भन्ने होइन। तर अनित थापालाई भोट दिनुहुन्छ भने मेरो काम हेर्नुहोस्। मेरो उपलब्धि हेर्नुहोस। मैले आन्दोलन गरेर कुर्सीमा आएको होईन। मैले चुनाउ जितेर कुर्सीमा आएको हुँ।

८. म पहाडको जनताकाे निम्ति एउटा आशा हुँ। उहाँहरूको मनमा बसेको एउटा आशाको किरण हुँ। त्यसैले उहाँहरूको आशालाई म भत्काउनु चाहान्न, जीटीए प्रमुखले बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ