केन्द्र सरकारले संवैधानिक परिधिभित्र गोर्खाको सुरक्षाको निम्ति अलग राज्य दिन्छ भनी भाजपा पहाड़ विश्वस्त

Share this news

खरसाङ, (मोहन प्रसाद): अहिले नै केही आधिकारिक रूपमा तय भइहालेको छैन्‌‍, तर
केन्द्र सरकारले संवैधानिक परिधिभित्र गोर्खाको सुरक्षा अनि गोर्खाहरूको निम्ति अलग राज्य दिन्छ भनी विश्वस्त अनि आश्वस्त छौँ भनी भारतीय जनता पार्टी, दार्जीलिङ जिल्ला समितिका अध्यक्ष सञ्जीव लामाले खरसाङमा पत्रकारहरूसित बोल्दै मन्तव्य व्यक्त गरेका छन्‌‍।

वर्तमानमा पहाड़का विभिन्न राजनैतिक दलहरूद्वारा केन्द्र सरकारले, बोडोल्याण्ड टेरिटोरियल रिजन जस्तै जीटीआर अर्थात्‌‍ गोर्खाल्याण्ड टेरिटोरियल रिजन दिने, छैठैाँं अनुसूची दिने, जीटीएको अपग्रेडेशन हुने आदि विषयहरूलाई आ-आफ्नो एजेण्डा अनुरूप कार्य गरिन्दैछ। ती राजनैतिक दलहरूको आ-आफ्नो एजेण्डा हुनु सक्छ, यसमा केही भन्नु छैन तर आधिकारिक रूपमा भाजपाको केन्द्र सरकारले अहिले नै उक्त विषयहरू दिन्छु भनेको छैन्‌‍। यद्यपि गोर्खा निम्ति देशको संविधानको परिधिमा रहेर गोर्खाको सुरक्षा हेतू भाजपाको केन्द्र सरकारले अलग राज्य दिन्छ भनी तिनीहरू आश्वस्त रहेको भनी लामाले बताए।

त्यति मात्र होइन्‌‍ खरसाङस्थित भाजपाको कार्यालयमा आयोजित उक्त प्रेस भेलामा सञ्जीव लामाले यो पनि जनाए कि आउँदो 26 जनवरीमा गणतन्त्र दिवसको दिन खरसाङस्थित मन्भिटिएट खेल मैदानमा भाजपाका कार्यकर्ताहरूलाई एउटा महासंगम कार्यक्रमको आयोजन हुने छ। उक्त महा संगम कर्मी सभामा त्रिपुराका पूर्व मुख्यमन्त्री विप्लव देब अनि भाजपाको राष्ट्रीय प्रवक्ता प्रदीप भण्डारी सहित अन्य भाजपा नेतृत्व अनि कार्यकर्ताहरूको दार्जीलिङ, कालेबुङ, मिरिक खरसाङ आदि क्षेत्रबाट व्यापक उपस्थिति हुने छ।

तिनले थप जनाए अनुसार, भारतीय जनता पार्टीले सधैं नै जनताको हितमा साथै समाज निर्माण एवं देश निर्माण पक्षमा कार्य गर्ने गर्छ। यस बाहेक एउटा सपना स्वरूप, भ्रष्टाचार रहित पहाड़, भ्रष्टचार रहित राजनीति अनि सुशासनको निर्माण हेतू भाजपा पहाड़मा अघि बढ़िरहेको छ। यसै क्रममा आगामी 27 जनवरीमा भ्रष्टचारको विरोधमा एउटा रयाली अनि धरनाको आयोजन दार्जीलिङ जिल्ला प्राङ्गणमा गरिनेछ।
तिनले अझ जनाए अनुसार, दार्जीलिङ पहाड़मा जनहितमा आएको विभिन्न राशिहरूको व्यापक धाँधली अनि भ्रष्टाचार भइरहेको छ। हालैमा आएको भल पहिरोको चपेटामा पर्ने पीड़ितहरूको निम्ति आएको राहत कोषको व्यापक धाँधली अनि भ्रष्टाचार भएको थियो । उक्त विषयमा तिनले सम्बन्धित पञ्चायत अधिकारी, बीडीओ सहित अन्य प्रशासनिक अधिकारीहरूलाई पनि उक्त विषयमा कार्वाही गर्ने अपील गरेका थिए, तर अहिलेसम्म प्रशासनको पक्षबाट कुनै कारवाही नै भएको छैन्‌‍। यसकै विरोधमा तिनीहरू जिल्लापाल कार्यालय परिसरमा धरना दिन बाध्य भएका छन्‌‍। तिनीहरू जनहितमा राष्ट्र हितमा, एउटा भ्रष्टाचार रहित पहाड़, भ्रष्टचार रहित राजनीति अनि सुशासनको निर्माण हेतू अघि बढ़िरहेको लामाले दावी गरे।

प्रेस भेलामा पार्टेी जिल्ला सचिव सोनम लामा, उपाध्यक्ष आरबी लामा, सचिव विनय प्रसाद साथै मदन जोगी सहित अन्य कर्मठ कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ