भाजपा सरकारले माचिसको सिन्का पनि नदिएको आरोप

Share this news

खरसाङ,  (मोहन प्रसाद): गोर्खा जातिले चारपल्ट भारतीय जनता पार्टीका उम्मेद्वारलाई भोट दिएर सांसद बनाए पनि केन्द्रमा रहेको भाजपा सरकारले अहिलेसम्म पहाड़ र गोर्खा जातिको निम्ति एउटा माचिसको सिन्का पनि ल्याउनु सकेन्‌‍। विधानसभा चुनावको मुखमा इण्टरलोक्यूटरको नियुक्ति एउटा पोलिटिकल गिम्मिक मात्र रहेको हो भनी कंग्रेस दार्जीलिङ जिल्ला कार्यवाहक अध्यक्ष सरोज खत्रीले बताएका छन्‌‍।

खरसाङ्मा हिमालय दर्पणसित बोल्दै सरोज खत्रीले भने, भाजपा पार्टीले पहाड़बाट केवल भोट लाने काम मात्र गरिरहेको छ। गोर्खा जाति अनि पहाड़वासीले भाजपाको उम्मेदवारलाई चारपल्ट लोक सभा चुनावमा भोट दिएर जिताएर सांसद बनाएर पठाए। सिलगढ़ी नजिक कवाखालीमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भने, भाजपाले आफ्नो चुनावी सङ्कल्प पत्रमा गोर्खाको स्थायी समाधानको कुरा गरे पनि अहिलेसम्म केन्द्रमा रहेको भाजपा सरकारले गोर्खा जातिलाई एउटा माचिसको सिन्का पनि दिएको छैन्‌‍।

खत्रीले थप जनाए अनुसार, त्यति मात्र होइन्‌‍ आउँदो विधानसभा चुनावको मुखमा नै केन्द्रको गृह मन्त्रालयद्वारा इण्टरलोक्यूटरको नियुक्ति गर्नु भनेको भाजपको पुन: एउटा पोलिटिकल गिम्मिक हो, भाजपाको यो चालबाट पहाड़का जनता सतर्क बन्न पर्छ।

खत्रीले दावी गरे अनुसार, भाजपाले पहाड़लाई केही दिनको सटो केवल यहांँबाट लाने काम मात्र गरेको छ। राज्यमा वा केन्द्रमा कंग्रेसको शासन हुँदा, कंग्रेस पार्टीले पहाड़ र गोर्खा जातिलाई राजनैतिक सहित विभिन्न विकास मूलक विषय वस्तुमा केवल दिने कार्य मात्र गरेको छ। तिनले भने, सन्‌‍ 1986 सालमा स्वर्गीय सुवास घिसिङ्को नेतृत्वमा भएको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई गम्भीरता पूर्वक लिँदै, पहाड़मा छुट्टै स्वयत्त व्यवस्था दार्जीलिङ गोर्खा हिल काउन्सिल, (डीजीएचसी) को स्थापना कंग्रेसको शासन कालमा भयो। पछि तत्कालिन डीजीएचसी कार्यवाहक अध्यक्ष स्वर्गीय सुवास घिसिङ्को पहलमा दार्जीलिङ पहाड़लाई छैठौंँ अनुसूची अन्तर्गत अन्तर्भुक्त गर्नको निम्ति एउटा समझौता पनि केन्द्रको कंग्रेस शासन कालमा नै भएको थियो। सन्‌‍ 2007 मा विमल गुरुङ्को नेतृत्वमा भएको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनपछि कंग्रेसको सरकारले गोर्खाको मागलाई गम्भीरता पूर्वक लिँदै 2011 मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अर्थात्‌‍ जीटीएको स्थापना गऱ्यो। यस बाहेक कंग्रेसको शासनकालमा नै नेपाली भाषाले 1092 मा मान्यता पाएको थियो । त्यसरी कंग्रेसको सरकार रहेको समयमा नै मिरिक झीलको निर्माण, मङपुको बाटो, धजे, माने भञ्ज्याङ आदि पहाड़ अनि तराई डुअर्स क्षेत्रमा विभिन्न बाटोको निर्माण भएको थियो । पहाड़ी क्षेत्रमा स्कूल, कलेज, स्वास्थ्य केन्द्र, जल परियोजना, विद्युत परियोजना, रेञ्जर कलेज, रेलवे प्रेस, आकाशवाणी केन्द्र आदिको पहाड़मा निर्माण भएको थियो। तिनले भाजपाको शासन कालमा एउटा माचिसको सिन्का पनि आएको छैन। बरू कंग्रेसको शासनकालमा निर्माण भएको रेलवे प्रेस सहित विभिन्न संस्थानहरू भाजपाको कार्यकालमा बन्द भएको छ भनी आरोप लगाए ।

कंग्रेसको शासनमा पहाड़मा दिइने कार्य भएको हो भने भाजपाको शासनमा ती संस्थानहरू बन्द गर्ने अनि फिर्ता लैजाने कार्य भएको छ। यसैले जनताले बुझ्नु पर्छ कि कहिले खीर पाक्दैछ भनेर जनतालाई भ्रममा राखेर वीरबलको खीर जस्तो कहानी हुन सक्छ। चुनावको मुखमा इण्टरलोक्यूटरको नियुक्ति एउटा पोलिटिकल गिम्मिक मात्र हो, यसर्थ जनतालाई सचेत रहनु पर्छ भनी खत्रीले दोहोऱ्याए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ