हामीले गोर्खाल्याण्ड नपाउनु बीजेपी सरकार हो राजु विष्ट होइन

Share this news

तीनधारे , (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन खरसाङ सिंचाई एवं जलपथ विभाग, जीटीए धैयाबारी-तीन ग्राम पञ्चायतमा नव निर्मित उदय संघ सार्वजनिक भवनको जीटीए मुख्य कार्यपाल अनित थापाले विधिवत उद्घाटन गरे।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, मैले मेरो वचन पूरा गरे। तर चुनावमा तपाईंहरुले आबो के गर्नु हुन्छ। हुन त जीटीए र पञ्चायत चुनावमा जिताएको नै हो। तर पनि गठबन्धन गरेर चुनाव लडे कि भोट दिन्दैन। “बीजेपीलाई हामीले विगत 20 वर्षदेखि भोट हाल्दै आएका हौँ। तर आजसम्म हामीले केही पाउँनुको कुरा नै छोडैाँ धन्यवादसम्म भन्नु आएको छैन। राजु विष्ट एक गोर्खाको छोरा हुन्‌‍। तर बीजेपीले उसको सम्म कुरा सुन्दैन रहेछ। हामीले गोर्खाल्याण्ड नपाउनु राजु विष्टको भूल होइन तर बीजेपी सरकारको भूल हो।

थापाले पहाड़ले सचेत हुनुपर्छ भावना होइन दिमाग लगाएर चुनाउमा भाग लिनु पर्छ भन्दै भने, “यस ठाउँबाट बिजिपीएम कहिले हारेको छैन। तर सांसदको चुनाउ मा हामीले गठबन्धनको चिन्हमा चुनाउ लड्यैाँं। परिणाम हामी सबैले देख्यौं। तर हामी सचेत हुनु जरुरी छ कारण हामीलाई बाटो , पानी, भवन आदि निर्माणको निम्ति पैसा दिने सरकार नै हो जसको विरूद्ध सांसदको चुनावमा भोट हाल्यैाँ। लक्ष्मी भण्डारको महिनै पछि पैसा पस्छ तर सरकार मनपर्दैन भनेर पैसा कसैले फर्काउँदैन।

उद्घाटन समारोहमा सभासद नवराज छेत्री क्षेत्रीय सभासद खेलकूद विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, रतन दर्नाल, अभियन्ता, खरसाङ सिंचाई एवं जलपथ विभाग, सुरज कुमार थापा, अभियन्ता विद्युत विभाग, जीटीए , कुसुम तामाङ समिति सदस्य, सुष्मा वाइवा ग्राम पञ्चायत प्रधान अनि स्थानीय वासिन्दाको उपस्थिती रहेको थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ