भाजपाद्वारा अनित थापाको कड़ा आलोचना

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः भाजपाले भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको आरोपको कड़ा विरोध जनाएको छ। अनित थापाको वक्तव्यको विरोध जनाउदै भाजपा दार्जीलिङ जिल्ला उपाध्यक्ष आरबी लामाले भनेका छन्‌‍, यदि भाजपाका नेतृत्वहरूलाई पावर कसले दियो भनी कुरा गर्छौ भने राज्यमा तिमीहरूको सरकार छ साथै पहाड़मा पनि तिनीहरूको सत्ता छ, तिमीहरूको अधीनमा नै जिल्ला प्रशासन, महकुमा प्रशासन, पञ्चायत समिति, ग्राम पञ्चायतमा तिमीहरूकै मान्छे अनि अधिकारीहरू रहेका छन्‌‍।
लामाले सबै पावर तिमीहरूसंग छ भने तिमीहरूले एसआईआरलाई लिएर के गरिरह्यौ? एसआईआरको अन्तिम सूचीमा नाम डिलिट भएका एवं अण्डर एडजुडिकेशन अन्तर्गत रहेका मतदाताहरूको नाम सूचीमा ल्याउन किन सकेनौ? भनी प्रश्न प्रश्न गरेका छन्‌‍ । तिनले आरोप लगाउदै पहाड़को सत्तारूढ़ दलको कड़ा आलोचना गर्दै जनमानसलाई टीएमसी सरकार साथै टीएमसीका दलाल भएर कार्य गर्ने यस्ता गद्दार नेतृत्वहरूसित सतर्क रहनु पर्ने बताए।
लामाले आरोप लगाउदै भने, राज्य सरकारमा टीएमसी रहेको छ भने जीटीएमा रहेको टीएमसीको दलाल अनि भ्रष्टाचारी नेताहरूले विभिन्न पक्षबाट पहाड़लाई बर्बाद बनाएको छ। यी गद्दार नेताहरूले गर्दा नै सन्‌‍ 2017 को छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन मास्ने कार्य गरियो। पछि शिक्षक नियुक्त अन्तर्गत लाखैाँं रुपियाँ लिएर, आफ्नो मान्छेहरूलाई नियुक्ति दिने कार्य गरेर, पहाड़को शिक्षा व्यवस्था नै बिगार्ने कार्य गरियो। आज स्कूलहरूमा विद्यार्थीको संख्या घटेर गएको छ । यी गद्दार नेताहरूले गर्दा नै 2017 को आन्दोलनमा हजारैाँं मानिसहरू विस्थापित हुनु पऱ्यो भने धेरैजनाको घर पनि कुर्की गरिएको थियो। गोजमुमो अध्यक्ष वमल गुरुङ सहित धेरै नेताहरुको नाम मतदाता सूचिबाट काटिएको थियो। त्यति मात्र होइन, केन्द्र सरकारले नयाँ श्रमिक ऐन अन्तर्गत चिया बगानका श्रमिकहरूको हितमा धेरै कार्य गरेको छ साथै केन्द्र सरकारले अगावै न्यूनतम रोज अधिनियम पारित गरिसकेको भए पनि टीएमसी सरकार एवं यहाँको जीटीए सरकारले उक्त नयाँ श्रमिक ऐन अनि न्यूनतम रोज लागू गरेको छैन। यी नेताहरूले केन्द्र सरकारबाट आएको विभिन्न योजनाको राशिको व्यापक भ्रष्टाचार गरिरहेका छन्‌‍।
एसआईआरको नाममा गोर्खा जातिलाई केवल दिग्भ्रमित बनाउने कार्य यी गद्दार नेताहरूले गरिरहेका छन्‌‍ भनी लामाले आरोप लगाउदै खरसाङ निर्वाचन क्षेत्रमा मतदाता सूचीबाट नाम डिलिट भएका मानिसहरूको घर-घर गएर भाजपाका नेताहरूले नाम डिलिट भएको कारण बुझ्ने कार्य गरिरहेका छन्‌‍। नाम डिलिट हुनेहरू प्रायः नै अन्य स्थानहरूमा सरुवा भइसकेका छन्‌‍ भने धेरैको मृत्यु भइसकेको छ। एडजुडिकेशन लिस्टमा रहेका मतदाता अनि डिलिट भएका मतदाताहरूको निम्ति पनि भाजपाले कार्य गरिरहेको छ। आज तृणमूल कंग्रेस सरकार, जीटीए सरकारले आफ्नै जिल्ला शासक, महकुमा शासक रहेको अवस्थामा पनि सही प्रकारले कार्य नगरेकोले यसरी मतदाताहरूको नाम डिलिट भएको छ अथवा मतदाताहरूको नामा एडजुडिकेशन लिस्टमा राखिएको छ। लामाले एसआईआर भाजपा अनि केन्द्र सरकारले लागु नगरेको यो चुनाउ आयोगले लागु गरेको हो भनी बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ