Raju Bista honour Assam community
Raju Bista honour Assam community

असम गोर्खा सम्मेलन’द्वारा अभिनन्दन पत्र अर्पण गरिएकोमा बिष्टको आभार

Share this news

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्ट एक प्रेस विज्ञप्ति जारी गरेका छन्। जसमा उल्लेख गरिएको छ- असमका गोर्खाहरूको माउ संस्था ‘असम गोर्खा सम्मेलन’, केन्द्रीय समितिको तर्फबाट एउटा अभिनन्दन पत्र मलाई अर्पण गरिएकोमा म असमका समस्त गोर्खाहरूप्रति धन्यवाद ज्ञापन गर्दछु। दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताद्वारा निर्वाचित सांसद हुनाको नाताले मैले आफ्नो कर्मक्षेत्रको हितमा संसद अनि संसदबाहिर अनवरत संघर्ष गर्दै जनताका पीड़ा, आशा अनि आकांक्षाहरूलाई आवाज दिने काम गर्दै आएको छु साथै भारतभरि बसोबासो गर्ने सम्पूर्ण गोर्खा जातिको हक र हितका लागि विभिन्न मञ्चहरूमा बोल्दै आएको छु। एक गोर्खापुत्रको हैसियतमा मैले हाम्रो जातिय चिनारी, हाम्रो भाषा, संस्कृति, साहित्य एवम् परम्पराहरूको जगेर्ना अनि विकास निम्ति देशका विभिन्न राज्य र क्षेत्रमा कार्यरत संघ-संस्थाहरूसँग हातेमालो गर्दै आएको छु। यस कार्यमा मेरो उत्साहवर्धन गर्न अनि गोर्खा जातिको हक-हितलाई सर्वोपरी राख्दै निरन्तर कार्य गर्न उत्प्रेरित गर्न असम गोर्खा सम्मेलनद्वारा मलाई प्रदान गरिएको यस अभिनन्दन पत्रका लागि सम्मेलनका सभापति श्री कृष्ण भुजेलज्यू, मूल सचिवद्वय श्री विकास सुवेदीज्यू र जगदीश खनालज्यू समेत समस्त पदाधिकारीगण, सदस्यगण अनि असमेली गोर्खाहरूप्रति म आभार अनि कृतज्ञता व्यक्त गर्दछु।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ