दोहोरो नागरिकताको सम्बन्धमा विनय तामाङको पक्ष

Share this news

भारत अनि नेपाल (विशेष गरी विहार उत्तर प्रदेश, उत्तराखण्ड , हिमाचलप्रदेश, सिक्किम अनि उत्तर बङाल) माझको सन्धि, खुला सिमाना अनि ऐतिहासिक एवं पारस्पारिक सम्बन्धका कारण नागरिकताको विषय अति नै संवेदनशील रहिआएको छ। यदि कसैले दुवै देशको नागरिकता लिएको भेटिएमा यसले व्यक्तिगत रूपमा उसलाई मात्र कानुनी संकटमा पार्दैन तर यसले उत्तर बङाल, सिक्किम र भारतीय गोर्खा समुदायका लागि गम्भीर सामाजिक र राजनैतिक चुनौतीहरू निम्त्याइदिन्छ। हालै दोहोरो नागरिकतामा पक्राउ परेका उत्तम कुमार श्रेष्ठको सन्दर्भमा (वा यस्तै अन्य घटनाहरूमा), यसका मुख्य खतरा र प्रभावहरूलाई निम्न बुँदामा बुझ्न सकिन्छ:

१)भारतीय गोर्खाको पहिचानमा संकट पार्नसक्छ । भारतीय गोर्खाहरू लामो समयदेखि आफ्नो “पहिचान” (Identity) को लागि संघर्ष गरिरहेका छन्। भारतीयमुलका नेपालीभाषी गोर्खा अथवा नेपालीले भारतीय नागरिक हुन् अनि मानिन्छ पनि।

२) यदि कोही नेपालका नागरिकले सिक्किम वा भारतको नागरिकता दुरुपयोग गरेको पाइयो भने, यसले पुस्तौंदेखि भारतमा बस्दै आएका वास्तविक भारतीय गोर्खाहरूलाई अनि रैथाने सिक्किमे जनतालाईपनि “विदेशी” वा “अनुप्रवेशकारी”को रूपमा शंका गर्ने बाटो खोलिदिन्छ।

३)भारतीय गोर्खा वा नेपालीप्रति संकुचित विचार अनि विरोधी मानसिकता राख्ने साम्प्रदायिक शक्ति वा समुहहरूले यस्ता घटनालाई ढाल बनाएर सम्पुर्ण भारतीय गोर्खा समुदायको अनि सिक्किमे नेपालीको राष्ट्रियतामाथि प्रश्न उठाउने अवसर पाउनेछन्।

४) सिक्किमको विशेष अधिकार (Article 371F) मा पनि खतरा हुने देखिन्छ। सिक्किमलाई भारतको अन्य राज्यहरूभन्दा भिन्न स्तरमा राखिएको छ- विशेष १९७३, १९७४ अनि १९७५ को समय सिक्किम भारतमा विलय हुनुभन्दा अघि अनि हुॅदा गरिएका विशेष प्रावधानहरूका कारण। सिक्किम सब्जेक्ट (Sikkim Subject) वा ‘सिक्किमिज’ हुनुको विशेष मान्यता अनि सुविधाहरू दिएका छन्। बाहिरिया व्यक्तिले नक्कली वा दोहोरो नागरिकता लिएर यस्ता मान्यता अनि सुविधाहरू उपभोग गर्दा सिक्किमका रैथाने भोटिया, लेप्चा अनि सिक्किमिज नेपालीहरूको अधिकारमाथि अतिक्रमण हुने प्रवल सम्भावना सृष्टि हुनेछ।

५) भारतका रैथाने गोर्खा अर्थात् नागरिकहरू कानुनी जटिलता सम्मुखिन पुग्नसक्छन्। यस्ता घटनाले गर्दा भविष्यमा नागरिकता जाँचबुझको कडा कानुन बनिन सक्छ जसले गर्दा सोझा र कागजात नपुगेका रैथाने नागरिकहरूले दुःख पाउन सक्छन्।

६) राष्ट्रिय सुरक्षा र कानुनी मुद्दा हेर्न हो भने

भारत – नेपाल दुवै देशको कानुनले ‘दोहोरो नागरिकता’ (Dual Citizenship) लाई मान्यता दिँदैनन्। कुनै पनि देशको नागरिकता ऐन अनुसार अर्को देशको नागरिकता लिने बित्तिकै आफनो देशको नागरिकता स्वतः खारेज हुने गर्दछ। भारतीय संविधानले कदापि दोहोरो नागरिकतालाई प्राथमिकता दिँदैन। विदेशी नागरिकले भारतीय नागरिकता लिए त्यो अवैध ठहरिन्छ र निजलाई देश निकाला (Deportation) समेत हुन सक्ने भारतको कानुनमा छ।

७) सामाजिक सद्भावमा असर

सिक्किममा केही समय अघि “भित्रिया” र “बाहिरिया” बीचको बहस तातेको थियो अनि अझै यो पुर्णरूपले थामिएको छैन। यस्ता घटनाले समुदायबीच अविश्वास बढाउँछ र वर्षौंदेखि मिलेर बसेका समुदायहरू माझ तिक्तता पैदा गर्न सक्छ।

उत्तम कुमार श्रेष्ठ वा जोसुकैले यस्तो कार्य गरेको भए तापनि यो भारतीय गोर्खा अनि सिक्किमे रैथाने नागरिकहरूको सुरक्षा र पहिचानका लागि ठुलो खतरा हो जो म ठान्दछु। यस्ता केही सीमित व्यक्तिहरूका गलत स्वार्थले गर्दा लाखौँ इमानदार भारतीय गोर्खा अनि सिक्किमका रैथाने नागरिकहरूको इमान्दारिता अनि बफादारीमाथि औँलाहरू उठ्न सक्छन्।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ