joint presence of MP Bista and GTA Chief Thapa is welcome
joint presence of MP Bista and GTA Chief Thapa is welcome

राजु विष्ट र अनित थापालाई विनय तामाङको अपील

Share this news

दार्जीलिङ ,20 जनवरी(निसं): कालेबुङको मेला ग्राउण्डमा दार्जीलिङ, १९ जनवरीभइरहेको खस भारतीय हितकारी सम्मेलनको १०औं महा-अधिवेशनमा हिजो विशेष रूपमा दार्जीलिङका सांसद राजु विष्ट अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको उपस्थितिलाई जीटीएका सभासद विनय तामाङले स्वागत जनाएका छन् ।

उनले यसबारे भने, राजनीतिलाई पर पन्साएर जात अनि जातिको निम्ति एउटै मञ्चमा एकसाथ देखिनु समाजलाई – एक सहरानीय सन्देश दिनु हो। सांसद राजु विष्टले दिल्लीमा काम गर्छन् र म – कोलकतामा काम गर्छु भन्दै जीटीएका प्रमुख कार्यपाल अनित थापाले वक्तव्य पेश गरेका थिए। त्यसरी नै सांसद राजु विष्टले हामी एक भएनौं भने हामीलाई दिल्लीले पनि हेप्छ अनि कोलकताले पनि हेप्छ भनेका थिए। दुवै जनप्रतिनिधिको भनाई ओजनदार छ। खस भारतीय हितकारी सम्मेलनका शीर्षस्थ, अनित थापा अनि राजु विष्टबाट जुन कुरोको अपेक्षा गरिएको थियो, तर त्यो भने उपस्थित अनि अनुपस्थित खस हितकारी सन्तानहरूले सुन्ने अवसर पाएनन् । गोर्खा जातिका उपजातहरूलाई जनजातिको दर्जा वा मान्यता दिनुपर्छ भन्ने मागमा गोर्खा जातिको अभिन्न अंग खस हितकारी जातका छेत्री, बाहुन, सन्यासी अनि ठकुरी उप-जातहरूले गर्दै आइरहेका छन् ।

तामाङले भने-खस भारतीय हितकारी सम्मेलनको महा-अधिवेशनमा सम्मेलनका शीर्षस्थ अग्रजहरूले आफ्नो जात-जातिको, यस गम्भीर विषय राख्नेछन् अनि यी दुई जनप्रतिनिधिले पनि आधिकारिक बयान वा सरकारहरूसित बातचित गर्नको निम्ति वचन दिनेछन् भन्ने विश्वास थियो, तर अति दुर्भाग्यको कुरो यस विषयमा कसैको ध्यान नै गएन। अब खस हितकारी सन्तानको तर्फबाट दुवै जनप्रतिनिधिहरूका भनाईलाई सम्मान जनाउँदै अब आउने चुनाउको अधिसूचना जारी हुनअघि नै अनित थापाले पश्चिम बंगाल सरकारसित अनि राजु विष्टले भारत सरकारसित बातचित गरी पुनः सर्वेको निम्ति दुवै सरकारले नोटिफिकेशन जारी गराउन आ-आफ्नो धर्म निर्वाह गरिदिने निवेदन गर्दछु, तामाङले भनेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ